15 May, 2008

गर्नु गर्‍यो पानीले

'आज पनि रित्तै -'

बिहान क्याम्पस जा“दा-आउ“दा रित्ता भा“डास“ग मेरो जम्काभेट हुन्छ । ती मुस्कुराउ“छन् । म यही प्रश्न गर्छर्ु भनिन्छ, रित्ता भा“डा देख्यो भने साइत पर्दैन रे † तर, रित्ता भा“डा बाटो हि“ड्दाका साथीजस्तै भइसके । कहिलेकाही“ तिनलाई नदेख्दाबाटै शून्य लाग्छ । पेट्रोल र डिजेलको सट्टा पानीको लाइन देखिन्छ । नारनचौरस्थीत 'सत्य र्साई केन्द्र' कमलोखरीको 'अग्रवाल भवन' र धोवीधारामा सधैंंजसो रित्ता भा“डाको लाइन हुन्छ । पानीको समस्या मनमा खेलाउ“दै क्याम्पस जाने क्रममा हिजो बागबजारमा बटुवास“ग एक्कासि ठोक्किएर झसङ्ग भए“ । आखिर मलाई पनि छोडेन यो पानीले ।

काठमाडौंमा पानीको हाहाकार छ । मेलम्ची आएर छ्यालव्याल हुन्छ भन्ने सम्बन्धित निकायको खोक्रो आश्वासन 'आकाशको फल आ“खा तरी मर' भने जत्तिकै भएको छ । कहिलेसम्म रित्ता भा“डा बोकेर

यताउता भौंतारिनुपर्ने हो - आज मर्‍यो भोलि औषधि गरेर के फाइदा -

बहिनीले फोनमा आमालाई आग्रह गर्दै थिई- 'अरू त केही होइन, एक ग्यालिन पानी पठाइदिनु ।' रातभरि पानी आउला कि † भनेर धारा ढुकेर बस्यो तर थोप्पो झर्दैन । केही सीप नलागेर भएभरको मैलो लुगा पोको पारी घरमा पठाइछ बहिनीले । लुगा त पठाइयो तर नुहाउने के ले - गत सोमबार बहिनी कलेज नआएको चार दिन भइसकेको थियो । के भएछ - भनी बुझ्न नक्सालस्थित कोठामा गए“ । रातभर पानी कर्ुदाकर्ुर्दै बिरामी परिछ । 'दिदी † राति १ बजेदेखि पानी कुरेको तर आएन् । चापाकल चलाउ“दा हात हल्लाउनै नहुने भएको छ । पानी त आएन, आएन उल्टै एक बाल्टी पानी धाराले खायो । केही सीप नलागेपछि नारनचौरस्थित 'सत्य र्साई केन्द्र' बाट पानी ओसार्दाओसार्दा बिहानै भयो । कहिलेकाही“ झुक्केर पानी आइहाले पनि बढीमा २० मिनेटमात्र हो ।'

घरबेटीसहितको चार परिवार रहेको त्यो धारामा पानी थाप्ने बेलामा जहिल्यै मारमार । घरबेटी र भाडावालबीच सधैं झगडा । वरपरको माहोल पनि उस्तै । वादविवादले रातै र्छलङ्ग हुन्छ । बहिनी गुनासो गर्दै थिई । बिचरी † सुत्न नपाउ“दा चार दिन थला परी । यस्तो छ नक्सालबासीको हालत ।

कमलपोखरीका बासिन्दाको हालत पनि केही फरक छैन । घरमा धारा त छन् तर पानी नआएको ठयाम्मै चार महिना भयो । साथी कुमारी सुनाउ“दैथिइन्- 'पानी नआए पनि पैसा तिर्नैपर्ने । कर्मचारी धारा जा“च्न आउ“छन् । के आधारमा मासिक ८० रुपैया“को बिल काटेर जान्छन् - कस्तो लाज पनि नलागेको - पैसा बुभाउने ठाउ“मा उजुरी गरे. भोलिदेखि आउ“छ भन्छन् । तर त्यस्ता भोलि कति गए कति - दर्ुइ-तीन दिन बिराएर ट्याङ्गकर आउ“छ ।'

रित्ता भा“डा बोकेर दौडादौड गरिरहेको दृश्य हर्ेदा कतिपल्ट अलमल्लमा परेंे म पनि । 'जसको शक्ति उसको भक्ति' भनेझैं बलिया र बाठाले मात्र पानी भर्न सक्छन् । सोझासाझा त हेरेको हेरै । वादविवाद चर्किएर रित्ता भा“डाले हानाहान गर्दा टाउकोमा चोटै लागेको मैले देखें । 'अचम्म नमान यार † हामीलाई त पचिसक्यो' दिक्क मान्दै कुमारीले सुनाई । ठेलमठेल गर्दै धन्न-धन्न पिउने पानीको जोहो गर्दारहेछन् कमपोखरीबासी ।

कोटेश्वरको हालखबर बुझ्न संगीतालाई सम्झें । ल पढ्नुस् उसकै भाषा- 'के कुरा गर्र्छौ - आउ“छ नि † दिनदिनै आउ“छ । अस्ति पनि दिउसभरि आयो । पानी थापेर यसो बाल्टिनमा हेरेको त भैंसी आल बसेजस्तै

-ढल मिसिएको) नाक थुन्दै थापें, कमसेकम ट्वाइलेटमा हाल्न त पाइयो -' नआएर भन्दा पनि फोहोर पानी आएर हैरान रहेछन् कोटेश्वरबासी । केही दिन अघिमात्र टेकुनिवासी मेरा गाउ“ले मित्र सरोजस“ग भेट भएको थियो । हत्त न पत्त पानीको खबर सोधिहालें । उनकै शैलीमा 'कुरा नगरौं † चार महिना भयो पानी नआएको ।'

हाम्रो गैरीधारा क्षेत्रमा भने यति धेरै समस्या भएको छैन । मलाई थाहा भएसम्म डेड वर्षघि मात्र धारामा ६ दिन पानी आएको थिएन । हाल पनि एक दिन बिराएर मेसिन र चापाकल लगाई तान्दा एक-डेढ घन्टा आउ“छ । सुरुमा एक-डेेढ बाल्टिन फोहोर आए पनि पछि त रामै्र आउ“छ । पिउनेबाहेक अरू त रोअरपम्पकै भर हो । पम्पको पानी भने घट्दै गइरहेको छ ।

घरघरमा पिउने पानीका धारा छन् तर थोपो पानी र्झदैन । च्याउ उम्रेसरी घर बनेका छन् । रोअरपम्प र इनार नभएको घर कमै होलान् । आधाभन्दा बढी आवश्यकता जमिनको पानीले धानेको छ । अत्यधिक प्रयोगका कारण कतिपय ठाउ“मा त्यही पनि सुकिसके । पिउने पानीको झन् के कुरा - आफन्त र सहपाठी फोहोरी भए भनेर खिसीचाहि“ नगर्नुर्होला है - किनभने दोष पानीको हुनसक्छ । पानीकै कारण विद्यार्थीको पढाइ छुटिरहेको छ । जागिरवाला राम्ररी काम गर्न सक्दैनन् । घरबेटी र छिमेकीबीचमा मनमुटाव । न सुत्न पाइने न धारामा पनि आउने † पानीको समस्याले दिनचर्या भताभुङ्ग भएको छ काठमाडौंबासीको ।

मेलम्ची † तिमी अबको पा“च वर्षा काठमाडौं आउ“छ्यौ रे † सा“च्चै आउ“छ्यौ त - आजको दिनसम्म तिमीलाई कतिले पुकारे - ढिलो नगर है मेलम्ची †

- निर्मला रेग्मी

केवलपुर-१, धादिङ

हाल ः गैरीधारा , काठमाडांैं

09 April, 2008

जागिर गुम्यो

सरकारले चुनावका लागि पाँच दिन सार्वजनिक बिदा घोषणा गरेको छ । वित्तीय संस्थामा चाहिँ तीन दिन बिदा दिइएको छ । होटल व्यवसायी संघले पनि दुइ दिन बिदा तोकेको छ । तर काठमाडौंस्थित एक चाइनिज रेष्टुराँमा कार्यरत धरान, धादिङ र चितवनका ३ कामदारले बिदा नपाउँदा जागिरै छोड्नु परेको छ । उनीहरूले दुइ महिनाको तलबसमेत पाएनन् । प्रहरीका साथ तलब माग्न होटल पुगेछन् चितवनका युवा । प्रहरी होटल मालिककै गफमा भुलेको देख्दा निराश भएर उनी फर्किएछन् । अन्तमा केही सीप नलागेपछि ती युवा कामदार -नाम लेख्न नचाहने ) रित्तो हात घरफर्केका छन् । उनी भन्दैथिए- जागिर त अरू पाइन्छ तर संविधानसभामा भोट हाली योग्य उम्मेदवार छान्ने मौका कहा“ पाइन्छ र ?
उनीहरूको यो साहस र राष्ट्रियताको सम्मान गर्दै यही कार्यरत मेरा मित्रको अनुरोधमा मैले कलम चलाएकी हुँ । थप जानकारीका लागि उनीहरूलाई होटल व्यवसायी संघमा बुझ्न लगाएँ । नेपाली र चिनिया“को साझेदारीमा रेष्टुरा“ खोलिएको र दर्तासम्म नगरिएकाले केही गर्न नमिल्ने बताइयो । यसरी व्यर्थमा जागिर गयो हाम्रा युवाको ।

- निर्मला रेग्मी

केवलपुर -१) धादिङ

हाल- गैह्रीधारा, काठमाडौं

01 April, 2008

समानताको खोजी

धर्मशास्त्रमा महिला अधिकार -१६ चैत) मञ्जु सिग्देलको लेख चित्तबुझ्दो लाग्यो । धर्मशास्त्रको अल्प ज्ञान तथा उल्टो बुझाइबाट पे्ररित नारी तथा पुरुष लेखहरूप्रतिको तर्कपर्ूण्ा ज्ञानवर्द्धक विश्लेषणका लगि आचार्य आमोदबर्द्धन कौडिन्यायन र मञ्जु सिग्देललाई धन्यावाद । वास्तवमा नारीहरू के कारणले पछि परेका हुन् त - केही दिनयता पत्रपत्रिकामा चलेको महिला र पुरुषबीचको वैचारिक द्वन्द्वले मलाई पनि कलम चलाउन बाध्य गरायो । कुनै एक पुरुष या महिलाका विवेकहीन आचरणलाई माध्यम बनाई सम्पर्ूण्ा नारी र पुरुषवर्गमाथि आरोप प्रत्यारोप लगाउनु केवल वैचारिक दरिन्द्ररताको उपज मात्र हुनेछ । तुनात्मक रूपमा हेर्दा नारीवादी लेखमा पुरुषहरूलाई बढी कठोर, निर्दयी र नारी स्वतन्त्रताका बाधकका रूपमा प्रस्तुत गरिएको पाइन्छ । यसरी हामी नारीले अर्कालाई आरोप लगाउनुअघि आफ्नो गल्तीलाई कहिल्यै नजरअन्दाज गरेका छौं -
- निर्मला रेग्मी
केवलपुर-१,धादिङ्ग
हालः गैरीधारा, काठमाडौं

24 January, 2008

इतिहास नभुलौं

यसपाला पृथ्वी जयन्ती मनाइएन । के हामीले इतिहास भुल्न खोजेकै हौं - राष्ट्रिय एकीकरणजस्तो देशको स्वाभिमान गा“सिएको विषयलाई सामान्य ठानी कसरी चुपचाप बस्न सकिन्छ - लोकतन्त्र बहालीपछि २७ पुसमा पृथ्वी जयन्ती मनाउने परम्परा किन तोडियो - पृथ्वी जयन्तीका रूपमा मनाउ“दा आपत्ति थियो भने यसलाई एकीकरण दिवस भनेर मनाउन सकिन्थ्यो । नकारात्मक पक्ष मात्र केलाएर राष्ट्र निर्माताका सफल र साहसपर्ूण्ा योगदानलाई कसरी लत्याउन सकिन्छ ?यसपटक राष्ट्र निर्माता पृथ्वीनारायण शाहका विषयमा कतै सुन्न र पढ्न पाइएन । पत्रिकाले समेत कुनै महत्त्व दिएनन् । उनको ३१ वर्षो देश सेवाको योगदानलनई हामी एक दिन सम्झन सक्दैनौं । यो कस्तो न्याय - नबिसार्ंर्ैैाज हामी जुन भैगोलिक क्षेत्रलाई नेपाल भनी गौरव गर्छर्ाा त्यो तिनै वीर यौद्घा तथा कुशल राजनीतिज्ञको एकीकरण अभियानको उपलब्धि हो । चेपेनदीदेखि धादिङसम्म सीमित गोरखाको सिमाना उनले पर्ूव मेचीसम्म बढाए । राज्यलाई व्यक्तिगत सम्पत्तिसरह अंशवण्डा गर्ने परम्परालाई उनको एकीकरण प्रयासले विफल पारिदियो । राष्ट्र एकीकरणका क्रममा जे-जस्ता युद्घनीति अपनाइए पनि ती देश र जनताका विपक्षमा थिएनन् । नेपालको एकीकरणलाई अंग्रेजको सामन्ती, क्रूर र स्वार्थपर्ूण्ा विस्तारवादी नीतिस“ग दा“ज्न मिल्दैन । यो भौगोलिक मात्र नभएर वैचारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र भावनाको एकीकरण हो ।निजी स्वार्थपर्ूर्तिका लागि मात्र एकीकरण अभियान थालिएको भए आज हाम्रो देशको नाम नेपाल नभएर 'गोरखा' हुने थियो होला । पृथ्वीनारायण गोरखाका राजा थिए । युद्ध क्रममा उनका साथै अन्य सहयोगी र नेतृत्व पंक्तिको बुद्धिमता र बहादुरीको समीक्षा स्वयं पृथ्वीबाटै भएको छ । उनले एकीकरण सफलताको श्रेय आफूले मात्र लिएनन् सबै पक्षलाई यसको भागीदार बनाए । उनका दिव्य उपदेशबाट यही प्रस्ट हुन्छ ।लोकतन्त्रका नाममा सत्य मेटाउने प्रयास गरियो भने भोलि हाम्रा सन्ततिका लागि नेपालको ऐतिहाँसिक पृष्ठभूमि के रहला - सालिक ढाल्दैमा आस्था ढल्दैन । एक दिन पृथ्वी जयन्ती नमनाउ“दैमा इतिहास मेटि“दैन । पृथ्वीनारायणको साहसलाई हामीले सम्मान गर्नैपर्छ र पुस २७ लाई पनि सम्मानपर्ूवक मनाइनर्ुपर्छ ।-

- निर्मला रेग्मी केवलपुर-१,धादिङ्ग हालः गैरीधारा, काठमाडौं

---------------------------------------

राष्ट्र निर्मातालाई बिर्सँदा
निर्मला रेग्मीको 'इतिहास नभुलौं (९-माघ-२०६५) पढ्दा मन खिन्न भयो । हामी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई कसरी भुल्न सक्छौं - जसले यत्र-तत्र छरिएका स-साना राज्य समेटेर विशाल नेपाल बनाए, आज यो देशले तिनकै नाम उच्चारण गर्न चाहेन । धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तै उनका सन्तानले गरेका गल्तीका आधारमा इतिहासले लेखिसकेको नाम भुल्ने प्रयास नगरौँ । निष्पक्ष मूल्याङ्कन गरौं ।
- यदुनाथ ज्ञवाली
शंकरनगर- ८, रूपन्देही

14 January, 2008

सहिदको सम्झना

सहिद प्रकाश र प्रेणाका स्रोत हुन् । तिनको सम्मान राष्ट्रले गर्नैपर्छ । राष्ट्र र राष्ट्रियताका निमित्त जसले ज्यान दिए ती अमर छन् । क्रूर, निरंकुश तथा सामन्ती शासन व्यवस्थाबाट देश र जनतालाई मुक्ति दिलाउन प्रयास गर्दागर्दै वीरगति प्राप्त गर्नुभएका सहिदप्रति श्रद्धासुमन चढाउ“छु । 'एउटै घर नेपाल र एउटै जाति नेपाली' भन्ने भावनाले जनतालाई र्सार्वभौम बनाउने क्रममा सहिदले जीवन गुमाए । देशमा दिगो शान्ति र स्थिर राजनीतिक व्यवस्था लागू भई आनन्दको श्वास फर्ेन पाइयोस् भन्ने उनीहरूको चाहना थियो ।लोकतान्त्रिक सरकारले बिनाकुनै मापदण्ड जस्तोसुुकै मरणलाई पनि सहिद घोषणा गरेर 'सहिद' शब्दकै अवज्ञा गरेको छ । जस्तोसुकै आन्दोलनमा मारिएका पनि सहिद † व्यक्तिगत इबीका कारण कसैको हत्या भए पनि सहिद † गाडीको ठक्करबाट मरेका पनि सहिद † हचुवाका भरमा जोकोही सहिद कहलिन थालेका छन् ।मेरो बुझाइमा देश सेवामा लाग्दालाग्दै मारिएकाहरू सहिद हुन् । तिनको र्सर्ंघषशील र प्रेरणादायी इतिहास हुन्छ । तिनीहरू राष्ट्रका शान हुन् । त्यसैले सहिदको अपमान गरी मागी खाने भा“डो नबनार्अांै । सहिदको मर्म र मापदण्ड के हो - को हुुुन् ती राष्ट्रिय सहिद - यो र्सवजनिक बहसको विषय बन्न सक्छ । जसको मूल्यांकन सरकार र राष्ट्रिय स्तरबाट गरिनर्ुपर्छ । देशमा शान्ति, सुरक्षा कायम गरी जनताको जीउ-धन र हक अधिकार सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो । बिनाआधार 'सहिद' जस्तो गरिमामय पद दुरुपयोग गरी सरकार जिम्मेवारीबाट पन्छिन सक्दैन । हामीले पनि नागरिक कर्तव्य र दायित्व पूरा गर्ने बेला आएको छ । पत्थरको मर्ूर्तिमा फूलमाला चढाएर एकदिन दिवस मनाउ“दैमा मात्र सहिदको सपना पूरा हु“दैन । देशलाई सामन्ती शासन व्यवस्थाबाट मुक्ति दिलाई प्रजातन्त्र र लोकतन्त्र स्थापनामा आजसम्म कतिले वीरगति प्राप्त गरे - कति सहिद भए - खोइ यसको मूल्यांकन गरेको -- निर्मला रेग्मीकेवलपुर-१, धादिङ, हाल- गैह्रिधारा, काठमाडौं

19 December, 2007

नारी हिंसाको अन्त्य

पवित्रा शर्माको 'दाइजोले दिएको पीडा' -२८ मंसिर) पढेर भावविह्वल भए“ । आफूमाथि भएको अन्यायविरुद्घ खुलेर आवाज उठाएकामा धन्यवाद । लाग्छ, उनको यो प्रयासबाट अन्य दिदी-बिहिनीलाई पनि आफ्ना पीडा पोख्ने हौसला तथा साहस मिल्नेछ ।अन्याय गर्नुभन्दा सहनु पाप हो । रूढीवादी परम्परा र सामाजिक अन्धविश्वासका कारण हामी खुलेर प्रतिकार गर्न सक्दैनौं । कतिपय महिला आफूमाथि हुने गरेका हिंसालाई भाग्यको खेल र कर्मको लेखा भनी चुपचाप सहन बाध्य छन् ।नारी शिक्षित हुन् या अशिक्षित, काठमाडौंकी हुन् या कालिकोटकी, विवाहपछि श्रीमान् र परिवारिक सदस्यबाट स्नेहपर्ूण्ा र सम्मानजनक व्यवहारको आशा गर्छन् । विडम्बना † भइदिन्छ उल्टो । विवाह गरेको केही दिन, साता, महिना र वर्षबित्न नपाउ“दै उनी श्रीमान् र परिवारबाट लज्जित, अपमानित र तिरस्कृत हुन पुग्छिन् । आखिर उनको दोष के - यसरी विभिन्न बहानामा नारीलाई मानसिक तथा शारीरिक यातना दिइने गरिन्छ ।बा“झी भन्दै दोस्रो बिहे गर्ने वा घरबाटै निकालिन्छ । दाइजोको निहु“मा जिउ“दै जलाइन्छ । बोक्सी आरोप लगाई दिसा खुवाइन्छ । पढ्न गएकी छोरीको अस्मिता लुटिन्छ । घा“स काट्न गएकी बुहारीको लास जंगलमा फेला पर्छ । यस्ता घटना दोहोरिरहेका छन् । रक्षक नै भक्षक भइदिएपछि गर्नु के - र, भन्नु के - कहा“ छ नारी सुरक्षा - समाजका शिक्षित र विवेकशील भनाउ“दाबाटै नारी अवहेलित र असुरक्षित भएका छन् । यहा“ योग्य बुहारी र ज्वाइ“भन्दा दाइजो र सम्पत्तिको मोलतोल हुन्छ । अर्काको घर जाने जात भन्दै छोरीको शिक्षा-दीक्षामा भन्दा चा“डो विवाह गरिदिनेतर्फअभिभावक उत्प्रेरित हुन्छन् । नारीले नारीको वेदना बुझ्दैनन् । यहा“ नारीका शत्रु अग्ररूपमा नारी हुन्छिन् ।आफू शिक्षित, चेतनशील र सक्षम नभई विवाह गर्नाले पनि अरूमाथि आश्रति बन्नुपरेको छ । रामेश्वरी पन्तले लेख्नुभएजस्तो हामी सहर बजारमा बस्ने शिक्षित र सक्षम नारीले आफ्नो विवाह आफ्नो हिसाबले गर्न सक्छौं । तर हुम्ला, जुम्ला र कालिकोटजस्ता विकट तथा ग्रामीण इलाकामा बसोबास गर्ने कलिला दिदी-बहिनीका लागि के यो सम्भव छ - हरकिसिमबाट ठगिएका ती नारीका विषयमा कसले सोच्ने ? देशभरका महिलाका हकहित र अधिकारका लागि भनेर गठन भएको राष्ट्रिय महिला आयोग पनि ठूल-ठूला कुरा मात्रै गर्छ । उसको काम चाहि“ शून्य छ । आयोगभित्र कानुनी शाखा छ तर आयोग पर्ुनर्गठन भएयता जम्मा २२ वटा मुद्दा दर्ता भएकामा एउटा पनि किनारा लाग्न सकेको छैन । विभिन्न बहानामा खोलिएका संघ, संस्था पनि प्रायःजसो नारी सभा, सम्मेलन र बैठकमै सीमित छन् । ३३ प्रतिशत आरक्षण भनी जतिसुकै कराए पनि व्यवहारमा त्यस्तो पाइएको छैन । महिला हकहित संरक्षण गर्न नीति-नियम र कानुन बनेका छन् । महिला हिंसाविरुद्ध प्रयास भएका छन् । विडम्बना † ती सब कागज र बोलीमै सीमित छन् । यसरी फोस्रा भाषण छा“टेर समय खेर फाल्नुको के अर्थ - आफ्ना हकहित र सुरक्षाका विषयमा पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मका महिलाले सूचित हुने अवसर पाउनर्ुपर्छ । शिक्षा र चेतनाको लहर देशभर फैलनर्ुपर्छ । रूढीवादी परम्पराका रूपमा विकसित दाइजोप्रथालाई कानुनी रूपमै हटाइनर्ुपर्छ । साथै प्रत्येक घर, परिवार र समाजबाटै बहिष्कारको अभियान आजैदेखि थालौं न † विभिन्न बहानामा महिला हिंसा र आपराधिक क्रियाकलापमा संलग्न हुनेमाथि कडाभन्दा कडा कारबाहीको व्यवस्था हनुर्ुपर्छ ।-निर्मला रेग्मीकेवलपुर- १, धादिङ,

28 November, 2007

सन्तानको हितमा अभिभावक

डा।कृष्णबहादुर रानामगर र विधाता सिंहका विचारमाथि थुप्रै प्रतिक्रिया पढ्न पाइयो । कक्षा १० मा पढ्ने विधाता बहिनीले छोराछोरी ब्रि्रनुमा आमाबाबु दोषी हुन् भन्नु हाम्रो लागि गम्भीर विषय हो । यति सानो उमेरमा अग्रज अनि देशप्रतिको चिन्ता, आमाबाबुको गल्ती र युवामा आएको विकृतिलाई तार्किक ढंगले प्रस्तु गरेकामा उनलाई धन्यवाद ।डा.रानामगरको ठूलालाई अर्ती नदिनु भन्ने भनाइप्रति धरैजसोको आक्रोश पढ्न पाए“ । गहिरिएर हर्ेदा पाठकको बुझाइमा कमजोरी भेटियो । रानामगरले अर्ती र उपदेशका ठाउ“मा सरसल्लाह नदिनु भन्नुभएको भए हाम्रो बुझाइले मेल खान्थ्यो होला । अर्ती-उपदेश र सल्लाहबीच भिन्नता छ । चाहिएका बेला ठूलालाई सल्लाह दिन सकिन्छ ।मजस्तो राम्रो र जान्ने कोही छैन भन्ने भावना प्रायः किशोर र युवामा हुन्छ । हाम्रो अहं, उमेर र समयको प्रभावले यसो भएको हो । आमाबाबुको सल्लाह छोराछोरीका लागि अनावश्यक कचकच मात्र बन्छ । बाबुआमाले यसो गर, त्यसो गर भनेको र बेलाबेलामा गर्ने गाली हाम्रा लागि टाउको दुखाइको विषय बन्छ । किशोर उमेरमा सकारात्मकभन्दा नकारात्मक प्रभाव चा“डै पर्ने हु“दा, आमाबाबुले किन त्यसो भने - किन गाली गरे - कतै मबाटै कुनै गल्ती भएको हो कि - भन्ने हामी सोच्दैनौं । अशिक्षित अभिभावकलाई केही थाहा हु“दैन भन्ने सोच हामीले त्याग्नर्ुपर्छ । पढाइका अलावा भोगाइ र अनुभव पनि महत्वपर्ूण्ा हुन्छ । नपढेका अभिभावकलाई छोराछोरीले हेप्ने प्रवृत्ति देखिन्छ । उदाहरणका लागि छोराछोरी पढिरहेको कोठामा गएर आमाले यसो केही सोधिन् मात्र भने हामी झर्केर 'ह्या † तपाइ“लाई केही थाहा छैन, केही बुझ्नु हुन्न' भनेर भगाउ“छौं । चाहेको भए हामीले उहा“लाई बुझाउन सक्थ्यौं । अहिलेका छोराछोरी आमाबाबुस“ग हि“डडुल गर्न पनि लजाउ“छन् । सहरतिरका केटाकेटीमा यो प्रवृत्ति देखिन्छ । नौ महिना कोखमा राखी, अनेक दुःख कष्ट सही सन्तान जन्माउ“छिन् आमा । बाबु-आमा सारा कष्ट भुलेर सन्तानको लालन-पालन, शिक्षा-दीक्षामा जीवन समर्पित गर्छन् । दिनरात सन्तानको पिरले पोलिरहन्छ छाती । घरबाट निस्केका छोराछोरी जति ठूला किन नहुन् नर्फकन्जुलेसम्म केही भयो कि भनेर आमा बुबा पिर गरिरहन्छन् । अभिभावकले आफू नपढेका भएपनि सन्तानलाई पढाएका छन् । आधा पेट खाएर होस् या एकसरो लाएर सन्तानका इच्छा पूरा गरेकै छन् । सन्तानले सुख पाउन् भन्ने सबैको चाहना हुन्छ । हरेक कदममा छोराछोरीको उज्वल भविष्यका लागि प्रयासरत आमाबाबुमाथि आफू ब्रि्रनुको सम्पर्ूण्ा दोष कसरी लगाउन सक्छौं ? आमाबाबु र छोराछोरीबीचको साथ, उमेर अन्तर र सामयिक परिवर्तन तथा रूपान्तरणका प्रभावले दुवैको विचार आदानप्रदानमा कठिनाइ आउनु र नमिल्नु, स्वाभाविक हो । सहरकाभन्दा ग्रामीण क्षेत्रका अभिभावक कम पढेलेखेका हुन्छन् । आमाबाबु चाहे पढेलेखेका हुन् या नहुन् उनीहरू सन्तानले ब्रि्रेर दुःख पाएको हर्ेन चाह“दैनन् । विनाकारण हामीलाई कसैले गाली गर्दैन । हो, कुनै बेला असामान्य परिस्थितिका कारण आमाबाबु छोराछोरीमाथि भड्किन सक्छन् । त्यसलाई नकारात्मक रूपमा लिन हुन्न । हाम्रा, विचार, धारणा समयसापेक्ष सल्ााह, सुझाव अग्रजका लागि पनि उपयोगी हुन्छन् ।-निर्मला रेग्मीकेवलपुर-१, धादिङ, हाल ः गैरीधारा

15 November, 2007

राजधानीको तिहार

आपसी प्रेम, सद्भाव, विश्वास र सभ्यताको प्रतीक तिहार -यमपञ्चक) नेपालीको सा“स्कृतिक पहिचान हो । काग, कुकुर, गाई, गोरु र भाइ तिहार गरी ५ दिनसम्म यो पर्व यसपाला पनि मनाइयो । राजधानीमा चाड मनाउने शैलीमा परिवर्तन आएको छ । घरआ“गन सफा गरी सा“झ दियो बाल्दा लक्ष्मी प्रवेश गर्छिन् भन्ने परम्परालाई तिहारभरि गल्ली-गल्ली, टोलटोल र मुख्य सडक किनारमा थुप्रिएका फोहोरले गिज्याइरहेको थियो । आफ्नो घरमात्र सफा भए पुग्छ भन्ने राजधानीवासीको धारणाले अझ बढी दर्ुगन्धमय भयो तिहार । मनोरञ्जन गर्न पाउनु सबैको अधिकार हो तर आफूले लिएको मनोरञ्जनले तपाइ“को छरछिमेकमा कस्तो असर परेको छ - त्यो पनि विचार गर्नुपर्छ । घरै थर्कने गरी क्यासेट घन्काउने, राति २ बजेसम्म कानको जाली फुट्ने गरी पटाका पड्काएर होहल्ला गर्ने यो कस्तो परम्परा -झिलिमिली बत्तीको प्रकाशले राजधानी धपक्कै बलेको थियो । देउसी-भैलो पनि खेलियो । तर लक्ष्मीपूजाका दिन भैलो खेल्नुपर्नेमा देउसी पनि खेले युवाले । शैलीका बारेमा त के भन्नु र † पुरानो जमानाको भाका त कहा“ रह्यो र अब - केटाकेटीले भने देउसी-भैलोको परम्परालाई राम्रैस“ग निरन्तरता दिएको पाइयो ।एकछिन रमाइलोका लागि खेलिने तास र कौडामा कतिको घरखेत गयो होला, क्यासिनोमा गएर लाखौं उडाउने धन पनि हामीस“गै रहेछ तर परेका बेला आफन्तका लागि सम्म नहुने पैसा जुवा खेल्न कहा“बाट आउ“दो हो -रमाइलो गर्ने नाममा अनावश्यक भेला भएर जुवातास खेली भा“डभैलो गरी पारिवारिक कलह बढेका घटना बारम्बार आएका छन् । मदिरा खाई अनियन्त्रित तवरले देउसी-भैलोका नाममा हिन्दी र अंग्रेजी गीत गाएर कानको जाली फुट्ने गरी रातभरि मनलाग्दी पैसा माग्ने प्रवृत्ति भित्रिएको छ । साथै हुनेखानेले अनावश्यक तडकभडक गरिदि“दा नहुनेलाई मर्का परेको छ । अरूको देखासिकी गर्ने प्रवृत्तिका कारण दाजुभाइ र दिदीबहिनीबीच पनि प्रेम र सद्भावका ठाउ“मा प्रतिस्पर्धा र मनमुटाव सिर्जना भएको छ ।- निर्मला रेग्मीकेवलपुर- १, धादिङहालः गैह्रीधारा, काठमाडौं

18 October, 2007

अनावश्यक प्रतिस्पर्धा

भगवानले नारी-पुरुष दुवैलाई बराबर बुद्धी दिएका छन् । यति फरक छ कि कसैले यसकोकम प्रयोग गरेका छन् भने कसैले बढी । अनि कसैले गर्दै गरेका छैनन् ।आफू शिक्षित र सक्षम भएपछि कसैको डर हु“दैन भन्ने प्रत्येक नारीले बुझ्नर्ुपर्छ । नारी आफ्नो ठाउमा छिन् र पुरुष आफ्नो ठाउ“मा । नारीले नारीस“ग र पुरुषले पुरुषस“ग मात्रै प्रतिस्पर्धा गर्नुपर्छ । सकारात्मक भई आफ्नो सीप र योग्यतालाई आफैं उजागर गर्नुपर्छ । त्यसो भएमात्र नारी र पुरुष समान रूपले अगाडि बढ्न सक्छौं । जुनसुकै समाजमा विवाह महत्त्वपर्ूण्ा मानिन्छ । यो सृष्टि निरन्तरताको आधारस्तम्भ हो । कुनै पुरुष विवाहित छ/छैन भनी उसको भनाइका आधारमा मात्र आ“खा चिम्लेर विश्वास गर्नु नारीकै मर्ूखता हो । कतिपय नारी पुरुष विवाहित हो, उसका घरमा श्रीमती, छोरा-छोरी सबै छन् भनी थाहा पाउ“दा-पाउ“दै नजिकिन्छन् ।हालैको घटना- मेरो छिमेकी युवतीले एक पुरुषलाई मन पराउ“थिन् । दुवैबीच प्रेम सम्बन्ध गाढा भयो । र, उनले विवाह गर्ने निर्ण्र्ाागरिन् । पुरुष दर्ुइ सन्तानका बाबु थिए । यो सत्य उनलाई थाहा थियो । तैपनि उनले विवाह गर्ने निर्ण्र्ाागरिन् । परिवारले मानेनन् । परिवारको स्वीकृतिबिना भविष्यमा आइपर्ने समस्या ख्यालै नगरी र्'मर्दकी सयओटी' भन्दै उनले विवाह गरिन् । श्रीमान्को घर गइन् । अफसोच † उनलाई त्यही दिन सौता बन्न आएकी भन्दै पहिली श्रीमती र सासूले घरबाट निकालिदिए । पीडा सहन नसकी उनले विष सेवन गरिन् । अब भन्नुहोस् गल्ती पुरुषको मात्र हो कि महिलाको पनि -नारी र पुरुष एकअर्काका प्रतिद्वन्द्वी होइनन् । हामी सहयोगी बनौं । नारीले पनि आफूलाई अरूले अगाडि बडाउला कि भन्ने होइन, आफूमा भएको सक्षमता पहिचान गरी सकारात्मक सोच विकास गर्नुपर्छ । व्यावहारिक बन्नर्ुपर्छ ।- निर्मला रेग्मीकेवलपुर- १, धादिङहाल-गैह्रीधारा, काठमाडौं

02 August, 2007

क्षमतामा प्रतिस्पर्धा

'मै छोरी सुन्दरी' -८ साउन) शीर्षकमा मेरो पत्र छापिएको थियो । त्यहीसँग सम्बन्धित रहेर छलाङ साहित्यिक आन्दोलन समूहका अल्पविरामले 'स्वीकार्य अर्धनग्न' -१४ साउन) प्रतिक्रिया लेख्नुभएको रहेछ । अल्पविरामजीले मेरो लेखलाई ध्यानपूर्वक पढी प्रतिक्रिया दिनुभएकामा धन्यवाद तर लेखको आशय बुझ्न नसक्नु भएकामा दुःख छ । नारी भएर नारीको चरित्रमा औंला उठाउनु मेरो मनाशय होइन । सत्य तीतो हुन्छ । म पनि एक्काइसौं शताब्दीकी कामकाजी अविवाहित नारी हुँ । बिहान क्याम्पस जान्छु, दिउँसो अफिस र बेलुका घर । यस अवधिमा मैले भोगेका र देखेका कुरालाई बाहिर ल्याउने प्रयास गरेकी हुँ । त्यो मेरो व्यक्तिगत विचार भएपनि सबैले महसुस गरेको तथ्य हो । यसको गलत अर्थ नलगाउन अनुरोध छ ।

फेसनमा पुरुषभन्दा महिला निकै अगाडि छन् यो सबैलाई थाहै छ । पहिरनमा पुरुषसँग प्रतिस्पर्धा गरेरै स्वतन्त्रताको अधिकार उपयोग गर्न खोज्नुभएको हो ? हामी नारी संकुचित सोचाइबाट माथि उठ्न सकेका छैनौं भन्ने दरिलो उदाहरण यो हुन सक्छ । हामी नेपाली परिवेश भित्र हुर्किएका नारी हौं । हामीले पश्चिमा नारीको फेसनमा प्रतिस्पर्धा गर्ने होइन, उनीहरूको चेतना र क्षमतासँग गर्नुपर्छ । उनीहरू अर्धनग्न भएर हिँडे भन्दैमा हामी पनि हिँड्नुपर्छ भन्ने छ ? शारीरिक बनावटको स्वरूप हेर्ने हो भने नारी र पुरुषबीच निकै अन्तर छ । पुरुषसरह स्वतन्त्र हुन खोज्ने होडमा आफ्नो नग्नतालाई स्वतन्त्रता भन्नुहुन्छ भने भोलि पुरुषले महिलाका फेसन गर्न थाले भने त्यतिखेर तपाईंको प्रतिक्रिया के रहन्छ ?

'पशुप्राणीका लागि महिलाले शरीर ढाकेर वा बुर्का ओडेर हिंड्नुपर्छ भन्ने केही बाध्यता छैन' यो वाक्यले के अर्थ दिन्छ ? ठाडो अर्थ लगाउने हो भने नारी र पशु एउटै भन्न खोजिएको हो । आफैं सोच्नुस् ! पशु र मानिस एकै हुन् ? यो मानव सभ्यताको खिलाफ भयो कि भएन ? जहाँसम्म नारीका छोप्नुपर्ने अंग कुन कुन हुन् ? भन्ने प्रश्न छ यसको जवाफ हामी नारी-पुरुष दुवैलाई राम्ररी थाहा छ । यसको निर्धारण नभएको भए हामी थुनचोली -ब्रा) र पेन्टी ढाक्ने लुगा लगाएर हिंड्ने थिएनौं होला र बाहिर देखियो भने लजाउँदै छोप्ने चेस्टा गर्दैनथ्यौं होला । गर्मी भयो भनेर पेन्टी र ब्रा देखिने फेसन गरेर हिँड्नु भएन भन्न खोजेकी हुँ । हुन्छ भने हामी फेरि मानव सभ्यताको सुरुवाततिर त फकिँदै त छैनौँ ? तपाईं आफ्नो शरीरलाई कुन रूपमा सजाउन र प्रयोग गर्न चाहनुहुन्छ त्यो तपाईंको व्यक्तिगत अधिकार हो तर त्यो अधिकारको गलत प्रयोग गरिन्छ भने त्यसको परिणाम त्यसैअनुरूप आउँछ । हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्नु कहाँसम्म उचित हुन्छ ? गर्नुनै छ भने शिक्षा र सक्षमतासँग गर्नुपर्छ पहिरनमा होइन । हरेक पाइलामा नारीका बाधक भनी पुरुषलाई आरोप लगाउनु कहाँसम्म उचित होला ? अति न्यूनस्तरमा गएर पुरुषमाथि खोइरो खन्नु आफ्नै स्तर घटाउनु हो । नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने नबिर्सौं ।

- निर्मला रेग्मी

केवलपुर- १, धादिङ

हाल: गैह्रीधारा, काठमाडौं



महिला छोटा-छोटा लुगामा ठाट्टएिर हिंडिरहेका हुन्छन् । आधुनिकताको नाममा हाम्रो संस्कृति बिर्सनु भएन नि ? छोटा लुगा लगाएर हिंड्दैमा आधुनिक भइन्छ र ? विचार पो उच्च हुनुपर्‍यो । फेसनबारे सोचेर समय खेर नफालौं । दिमागलाई सिर्जनशील बनाऔं । अरूमा निर्भर रहनु नपरोस् । बाहिर श्रीमान्को खिल्ली उडाउने अनि बेलुकी श्रीमान्कै जीउमा तेल लगाएर मालिस गर्ने, यो कस्तो द्वैध चरित्र ?

मन लागेको लुगा लगाउन पाउनु मानव अधिकार हो । तर, वर्तमान समाजअनुसार चल्नु सबैको कर्तव्य हो । भनिन्छ, 'महिलाको कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ । तिनै महिला अन्तरिक्षमा पुगिसके । पश्चिमी संस्कृतिको सिकोमात्र नगरौं । राम्रा चिज नक्कल गरौं । खुट्टा तान्ने प्रवृत्ति छाडौं । विदेशी उत्पादन पहिरिएर फेसेनेवल हुनुभन्दा स्वदेशी वस्तु पहिरिनु वेश हुन्छ । स्वतन्त्रताका नाममा सामाजिक विकृति मच्याउने युवती कलंक हुन् । छोप्नुपर्ने अङ्ग आधुनिकता र स्वतन्त्रताका नाममा देखाएर हिंड्नु कहाँसम्मको सुन्दरता हो ? भन्ने गतिलो प्रश्न गरेकी छन् निर्मलाले । यो समाजमा निर्मलाजस्ती युवतीको खाँचो छ ।

- उत्तम उप्रेती

हाँडिखोला- ९, मकवानपुर

हाल ः लोकन्थली, भक्तपुर
===========================================================
Feedback-02

अल्पविरामजी ! अरूका त्रुटि औल्याउँदा आफ्नो लेख र आफूलाई पनि विचार गर्नुपर्ने हुन्छ । हामी को हौं ? हाम्रो समाज कस्तो छ ? अरू देश र हाम्रो देशको आर्थिक स्थिति कस्तो छ ? लेख धनकुमारी सुनारको होस् वा निर्मला रेग्मीको । दुवैका राम्रा र नराम्रा पक्ष केलाउने प्रयत्न गरौं ।

विदेशका पुरुष राम्रा नेपाली नराम्रा भन्नु भएको रहेछ । विदेशमा नेपाली पुरूषलाई धेरै सहनशील र महिलाको माया गर्ने पुरुषको दर्जामा राखिएको छ । एकफेर सोच्नोस् त महिनैपिच्छे श्रीमती फेर्ने पुरुष राम्रा कि बाँचुञ्जेलसम्म माया गरेर राख्ने ?

- विनायक अधिकारी

मनमैंजू- ५, काठमाडौं

अिर्धनग्न स्वतन्त्रता
अल्पविरामका भाषा, शैली र शब्दले मेरो मनमा हलचल भयो । त्यहाँ लेखिएको थियो- 'पुरुषले जस्तै महिलाले पनि अर्धनग्न भएर हिंड्न पाउनुपर्छ ।' त्यसरी स्वतन्त्रपूर्वक हिंडेकी युवतीलाई देखेर कुनै पुरुष कामुक हुन्छ भने यसमा युवतीको दोष हुँदैन । महिला शरीर देखेर उत्तेजित हुने पुरुष अश्लील हो, महिला होइनन् ।' यथार्थ यही हो त ? युवतीले आधा आङ देखिने पहिरन लगाएर हिंड्नु महिला स्वतन्त्रता हो त ? महिला आन्दोलनलाई अर्धनग्नतामा ढालेर स्वतन्त्रताको नारा उठाउनु जायज हो ? अनि कुकुरले खुट्टा टोक्यो भन्दैमा आफूले पनि त्यसको खुट्टा टोक्नु कत्तिको उचित हुन्छ ।

आधा आङमा लगाएका लुगा र देखिने नांगा अङ अनि त्यसबाट हुने आकर्षणलाई पुरुषमाथि दोष थुपार्ने माध्यम नबनाएकै राम्रो होला । आफ्नो सुरक्षा गर्न महिला आफू सचेत हुनुपर्छ । समाजमा महिलाद्वारा पुरुष बलात्कृत भएका घटना धेरै छन् भने एक्लो पुरुष हिंड्दा युवतीको ग्याङले जिस्काउने गरेका घटना धेरै छन् । यौन उत्तेजक अंग देखाएर पुरुषलाई मात्र कामुकताको दोष दिनु राम्रो होइन । शारीरिक र मानसिक विकाससँगै हुने यौन परिवर्तनका कारण प्राकृतिक रूपमा महिलामा अर्धनग्न हुने र पुरुषमा त्यसप्रति आकर्षण हुने हुन्छ । महिला देखेर पुरुष आकषिर्त नहुने र पुरुषलाई देखेर महिला आकषिर्त नहुने हो भने मानव जीवनमा वंशानु विकासक्रम रोकिन्छ । त्यसैले पुरुषले महिलालाई र महिलाले पुरुषलाई जिस्क्याउनुलाई प्राकृतिक नियम मान्नुपर्छ । यसो भनेर माध्यम बनाएर महिलाले अर्धनग्न वा पारदर्शी लुगा भने लगाउन हुँदैन ।

- दीपेन्द्र काफ्ले ँपूर्ण विराम’

मूर्तिढुंगा- ५, धनकुटा

हाल धनकुटा बहुमुखी क्याम्पस धनकुटा

gaलत चिन्तन
सजिलोका लागि हो वा फेसनको रहरले महिला अङ्ग प्रदर्शनको होडमा उत्रिएका छन् । सजिलोका लागि सामान्य लुगा लगाउनु स्वभाविक हो । नाममात्रका कपडा लगाउने छाडा शैली हामीलाई पच्ने बेला भएको छैन । त्यसका लागि देश सबै कुराले सम्पन्न भइसकेको हुनुपर्छ । अल्पविरामले भन्नुभएको छ- 'अर्धनग्न भएर हिंड्ने युवतीले समाजको हिन्दुवादी पुरुषवादलाई चुनौती दिइरहेछन् । उनीहरूलाई सबैले सम्मान गर्नुपर्छ ।' पुरुषलाई चुनौती दिन १० वर्षे 'जनयुद्ध' मा महिला छापामारले युद्ध लडेर बहादुरी देखाए, त्यस्तै वर्तमान संसद्देखि सरकारमा मन्त्री बनेर पुरुषसरह मन्त्रालय चलाइरहेका छन् । पुरुषले गर्ने हरेक काम महिलाले गर्न सक्छन् भन्दै राम्रा काममा प्रतिस्पर्धा गर्न छाडेर छोटा लुगा लगाउने महिला बहादुर हुन् उनीहरूलाई सम्मान गर्नुपर्छ भन्ने चिन्तन लिनु कत्तिको उचित हो ?



============================================================

25 July, 2007

मै छोरी सुन्दरी

राम्रो देखिन रहर कसलाई हुँदैन र ? केटाकेटी हुन् या तन्नेरी, अधबैंशे हुन् या बूढापाका सबैको चाहना हुन्छ आकर्षक देखिने । किशोर-किशोरीमा यो रहर अलि बढी हुन्छ । बाटो हिँड्दा होस् या भोजभतेरमा सामेल हुँदा, चाडपर्वमा रमाउँदा होस् वा डेटिङ जाँदा, जुनसुकै बेला अरूको नजर परोस्, तारिफका लहर चलुन् भन्ने हाम्रो चाहना हुन्छ । बजारमा विभिन्न किसिमका शृंगार सामग्रीदेखि लत्ताकपडासम्म भित्रिएका छन् । नयाँ चिज आयो कि जिद्घी गरेरै भएपनि किनेर अथवा किनाएरै छाड्ने युवतीको बानी हुन्छ । त्यो चिज उपयोगी होस् या नहोस, हामी त्यसतर्फ विचार पुर्‍याउँदैनौं । नारी पहिरनकै कुरा गरौं न- सुन्दरी देखिने होडमा हामी कति नाङ्गएिका छौं ? छोप्नुपर्ने अङ्ग आधुनिकता र स्वतन्त्रताका नाउँमा देखाएर हिँड्नु कहाँको सुन्दरता हो ? बाटोघाटोमा हिंड्दा एक नारीको रूप देखेर अर्की नारीले शिर निहुराउनुपर्ने भइसकेको छ । आधा शरीर नढाक्ने लुगा लगाएर हिँड्दा चर्को घामले छालामा पर्ने असर त छँदैछ अर्कोतिर यौन शोषणको सम्भावना पनि रहन्छ । कहिलेकाहीँ बलात्कारसम्म हुने गर्छ । विडम्बना ! हामी नारीलाई यसको अन्दाजै हुँदैन र दोषजति पुरुषलाई थोपर्छौं । उत्ताउलो हुँदै अर्धनग्न भएर हिंड्ने हामी, केटामा कामुकता पैदा गरी जिस्काउने र नराम्रो सोच विकास गर्ने वातावरण बनाउने पनि हामी र केही भएमा सुरक्षित भइएन, स्वतन्त्रता पाइएन, पुरुषले नारीको सम्मान गरेनन् भन्ने पनि हामी ? जब हामी आफैं समस्या उत्पन्न गर्छौं र शरीरलाई आफैं जोखिममा पार्छौं भने हाम्रो सुरक्षा कसले गर्छ ? अब भन्नुहोस् ! दोष पुरुषको कि महिलाको ? यौन शोषण पुरुषबाट मात्र होइन नारीबाट पुरुषमा पनि हुने गर्छ । यो प्रत्येक पाइलामा भइरहेको हुन सक्छ कसैसँग बोल्दा, जिस्कँदा, स्पर्स हुँदा जुनसुकै बेला । आफू सचेत हुनुपर्छ । लुगा त्यस्तो लगाउनुस् जसबाट सुन्दरता र सुरक्षा दुवै मिलोस् । उत्ताउलो पाराले भड्किलो फेसन गरेर हिँड्नु खतराको घन्टी बजाउनुजत्तिकै हो । तपाईंलाई आफू सुन्दर देखिएको भान त होला तर त्यसको परिणाम के हुन सक्छ त्यो विचार गर्नुस् है । आधुनिकतालाई पछ्याउँदा आफ्नो संस्कृति र परिवेश ख्याल गर्नुपर्छ । यसो भनेर गुन्युचोलीे र फरिया लगाई हिँड्नुस् भन्न खोजेकी होइन । बजारिया फेसन र पश्चिमी सिनेमाको नक्कल गरेर हिँड्नु आफ्नो जीउज्यानको खतरा मोल्नु हो । दुई घन्टे सिनेमा र लामो जिन्दगीमा निकै भिन्नता छ, हैन र ?- निर्मला रेग्मीकेवलपुर- १, धादिङहालः गैरीधारा, काठमाडौं

23 May, 2007

प्रेमको मूल्य !

'पे्रमिकाको हत्यापछि आत्महत्या' -७ जेठ) शीर्षक पढेपछि म कलम समाउन बाध्य भएँ । 'तिम्रा लागि ज्यान दिन्छु म त तिम्रो मनको राजा..' यो गीतको हरफमात्र नभएर प्रत्येक मायालु जोडीको यथार्थ अभिव्यक्ति हो । भन्न र सुन्न जति सहज हुन्छ व्यवहार त्यत्तिकै गाह्रो हुन्छ ।
समाज जतिजति आधुनिक बन्दैछ त्यति प्रेमको परिभाषा बदलिँदो छ । आजका युवा भावनात्मक पे्रममा भन्दा देखावटीमा विश्वास गर्छन् । तपाइँलाई कसैले 'म तिमीलाई अति माया गर्छु, तिमीबिना
बाँच्नै सक्दिन' भन्यो भन्दैमा उसले तपाइँलाई
हृदयको गहिराइदेखि चाहन्छ भनी मख्ख पर्नु हुँदैन । त्यही भएर मैले पनि उसलाई माया गर्नै पर्छ भन्ने छैन । ऊप्रतिको भावना नकेलाई सीधै अघि
बढ्नाले भविष्यमा नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ । कसैको भावनात्मक अभिव्यक्तिलाई मात्र आधार मान्नुभन्दा त्यसको व्यावहारिकता
बुझ्ने प्रयास गर्नुपर्छ । मायाको वर्तमान स्वरूपमात्र नहेरी त्यसको परिणामबारे विचार पुर्‍याउन सकियो भने त्यो प्रेमले अवश्य सफलता पाउँछ ।
आपसी प्रेमको भावनात्मक गहिराइ जति बढ्दै जान्छ त्यसलाई समान रूपमा अगाडि बढाउन त्यति कठिन हुन्छ । भनिन्छ, युद्घ र पे्रममा सबै जायज हुन्छ । जे को पनि सीमा हुनु जरुरी छ । हामी ती नीतिनियम र सीमालाई बन्धनका रूपमा लिने गर्छौं र त्यसलाई नमानी छुट्टै सोच र कार्य प्रक्रियाको विकास गर्न चाहन्छौं न अरूको भावनाको आशय बुझ्ने प्रयास गछौर्ं ।
हामी युवावर्गको एकतर्फी सोचाइ हो र यसले पे्रममा मात्र नभई जीवनका हरेक पक्षमा असर गरेको हुन्छ । त्यसैले हरेकले प्रेमको गहिराइ बुझ्नु जरुरी हुन्छ । एकअर्काको भावनालाई सम्मान गर्न सक्नुपर्छ ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हालः गैरीधारा, काठमाडौं

10 April, 2007

मिस काठमाडौं !

जति जोडतोडका साथ प्रचार-प्रसार गरिएको थियो त्यसअनुसारको स्तर प्रतियोगिताले पाउन सकेन । महिलाका विरोधमा महिला उभिएका थिए । फरक यतिमात्र थियो कि घरपरिवारमा सीमित वैचारिक दरिद्रता अब सडकमा उत्रियो । नत्र महिलाका विरुद्घमा सधै महिला नै किन उठ्छन् त ? महिलाले महिलाको सम्मान नगर्ने हो भने सडकमा चटक देखाउनुको अर्थ के रहन्छ ? यो त आफ्नै विरोध भएन र ? सुन्दरी प्रतियोगिता हुनुपर्छ । सरल, निष्पक्ष, सही र सम्मानित वातावरणमा । त्यसले मात्रै नारी सौन्दर्य, स्वतन्त्रता र आत्मसम्मान बढाउने छ । आयोजकहरूले आफ्ना कमजोरी सच्याउँदै विरोधीका आवाज सुनेर अघि बढ्नुपर्छ ।
विरोध किन भइरहेको छ ? जब प्रतियोगिता हुने क्रम सुरु हुन्छ, सुन्दरीलाई पाँचतारे होटलमा राखी क्याटवाक गर्न, टेबलमा खान सिकाइन्छ । उनीहरूलाई कुनै कम्पनीको मार्केटिङ एजेन्टजस्तै बनाइन्छ, जो आफ्ना सामान बिकाउन हरतरहले कोसिस गर्छन् । प्रतियोगिता भइरहँदा कार्यक्रम उद्घोषक र प्रतियोगी अंग्रेजी छाँट्छन् । निणर्ायक पनि अंग्रेजीमै सोध्छन् । त्यहाँ नेपालीपन भेटिँदैन । न भाषा, न शैली, न पहिरन खै कहाँ छ नेपालीपन ? त्यसैले यो प्रतियोगिताको
नाम मिस नेपाल नभई 'मिस डाबर काठमाडौं' राखे कसो होला ? प्राकृतिक सुन्दरता ईश्वरीय देन हो । उमेरसँगै यो नास हुँदैजान्छ । रूपको आडमा कसैलाई दाँज्नु हुँदैन । हेराइ सकारात्मक छ भने सबै राम्रा देखिन्छन् । कतिपय अवस्थामा रूप र क्षमतामात्र भएर हुँदैन दुवै आवश्यक हुन्छ । नेपाल सुन्दरी पनि रूप र क्षमता दुवै पूर्ण हुनुपर्छ । यी सबैलाई ध्यानमा राखी प्रतियोगिता गरे विरोध नहोला भन्ने आशा छ ।
त्यस्तै पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमले प्रतियोगिताको छनोट प्रक्रिया, चरण र प्रतियोगिताबारे प्रचार-प्रसार गरिदिए आगामी वर्षमा सबै क्षेत्र र समुदायका नारीले सहभागिता जनाउने अवसर पाउनेथे । प्रचार-प्रसार नभएको भन्न खोजेकी होइन तर जति पनि हुन्छ खाली कहिले ? कहाँ र कतिजना भन्ने मात्र हुन्छ ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ, हालः गैरीधारा, काठमाडौं

30 January, 2007

नारी हितमा विवाह

माघ १३ मा प्रकाशित अलका आत्रेय र तारा भट्टर्राईको लेख पढ्दा मलाई केही प्रश्न सोध्न मन लाग्यो । नारी स्वतन्त्रताको बाधक विवाह कसरी
भयो - विवाहकै कारण नेपाली महिला पछि परेका हुन् त -
विवाह पवित्र धार्मिक एवम् सामाजिक बन्धन हो । यसलाई नारीको प्रगति र स्वतन्त्रताको बाधकका रूपमा परिभाषित गरिनु हु“दैन । विवाह नारी-पुरुष दुबैका लागि चुनौती हो । हामी समाजिक प्राणी हांै । सामाजिक मूल्य र मान्यता पालना गर्नु हाम्रो कतर्व्य । यही समाजिक परम्पराको रूप हो विवाह । यसबाट उनीहरूले समाजमा इज्जतसाथ यौन क्रियाकलापको स्वीकृति पाउ“छन् भने पतिपत्नीको छुट्टै हैसियत पनि ।
संसारमा अविवाहित जीवन बिताउने कमै छन् । विवाहजस्तो पवित्र बन्धनलाई आत्महत्याको कारण बनाइनु हु“दैन । हो हामी नेपाली अन्य देशका नारीका तुलनामा महान छौं तर त्यति नै अशिक्षित र बुद्घु पनि । यही प्रगतिको बाधक हो भने त्योभन्दा ठूलो बाधक हाम्रो नकारात्मक सोचाइ र कमजोर मनस्थिति हो नकि विवाह । छोरी मान्छे हौं, छोराभन्दा कमजोर हुन्छौं भन्ने मानसिकता हामीमा सानैदेखि बसिसकेको हुन्छ । त्यसैलाई पछ्याउ“दै हामीभित्रका क्षमतालाई आफैं चिन्न सक्दैनौं । तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई घरायसी कामकाजले बढी प्रभाव पार्छ, भने सन्तानको जिम्मेवारी पनि आमामै बढी हुने गरेको छ ।
हाम्रो समाजमा पहिलेदेखि नै घरायसी कामकाज महिलाले गर्ने र बाहिरको पुरुषले हर्ेर्नुपर्छ भन्ने परम्परा छ । आजको समाजमा यो उपयुtm मानि“दैन किनभने आजका नारी पहिलेका भन्दा शिक्षित र सक्षम छन् । उनीहरूको जिम्मेवारी पनि थपिएको छ । पुरुष पनि व्यावहारिकतातिर मोडि“दै छन् । समाज परिवर्तित हु“दैछ । त्यसले नारी-पुरुषबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याएको छ । जब नारी विवाह गरी अर्काको घरमा प्रवेश गर्छिन्, उनी कसैकी पत्नी, बुहारी, भाउजू, काकी, आमा र सासू बन्न पुग्छिन् । नया“ घर, नया“ सम्बन्ध र अपरिचितस“ग घुलमिल हुनु साहस र चुनौती हो । यसरी बिवाहबाट दर्ुइ व्यtmि, परिवार, परम्परा, संस्कृति आदिको आदानप्रदान हुन्छ । यसमा नारीले माइतीपट्टकिा रीतिथिति छाड्ने र घरपट्टकिो परम्परा र चालचन अ“गाल्ले गर्छिन् । कतिपय अवस्थामा उनले आफ्ना इच्छा र आकांक्षा पनि त्याग्नर्ुपर्छ । यो स्वाभाविक हुन्छ किनभने एकका लागि सबै बदलिनुभन्दा सबैका लागि एक बदलिनु व्यावहारिक हुन्छ । यसो भनेर चुपचाप अन्याय सहनु भनेको पक्कै होइन । जबसम्म यसविरुद्घ प्रतिकार गर्ने अवस्थामा पुग्दैनौं तबसम्म हामीमाथि हुने अन्याय र अपमान कम गर्न सकि“दैन । यसका लागि नारी शिक्षा र चेतना आवश्यक छ । जब नारी चेतनशील र सक्षम हुन्छिन्, आफ्ना लागि आफैं लड्न सक्छिन् । उनलाई दया र आश्वासन आवश्यक पर्दैन । विवाह प्रगतिको बाधक पनि बन्दैन ।
पहिल्यै सक्षम भइसकेका नारी विवाहका कारण मात्र पीडित हुने सवालै उठ्दैन । नारीकै हठ र खराब चरित्रका कारण कतिपय परिवार भताभुङ्ग भएका छन् । विवाहलाई नारीको प्रगति र स्वतन्त्रताको बाधक भनेर उजागर गर्न खोज्नु वैचारिक दर्रि्रता मात्र हो ।
- निर्मला रेग्मी
केवलपुर १ धादिङ

26 October, 2006

रिमिक्स देउसी

साथीभाइ र आफन्त मिली देउसी-भैलो खेल्दै गाउँ-सहर डुल्दै नाचगान गर्नु तिहारको महत्त्वपूर्ण पक्ष हो । मादलको तालमा लय मिलाई स्वरमा स्वर मिलाई गाइन्थ्यो देउसी । यसपालि सहरमा विचित्रै देखियो- देउसी-भैलो पनि रिमिक्स भएछ । मादलको ठाउँमा ड्रमसेट र गितार बज्ो भने देउसी-भैलोका ठाउँमा काँटा लगा । यसलाई विकास भन्ने कि विनाश ?
हामी देउसी-भैलो परम्परा जोगाउन होइन, आयआर्जन गर्ने उद्देश्यले गरिरहेका छौं । अनियन्त्रित रूपमा आधा रातसम्म हिन्दी र अंगे्रजी गाना घन्काएर उत्ताउलो नाचेर मनलाग्दी पैसा माग्नु न्यायोचित हो र ? कतिपयले त दक्षिणाको रेट नै तोकेका पाइयो, ५५ सय रुपैयाँ रे । कसरी दिने यत्रो रकम ? गुन्यू-चोली र फरियामा सजिएकाले 'परदेशिया र काँटा लगा' भनेर नाच्दा कस्तो होला ? यस्तोसम्म हेर्न पाइयो यसपालि । हामी युवावर्ग परिवर्तन चाहन्छौं । परिवर्तनका नाममा कतै हामीले हामै्र रीतिरिवाजमाथि नै व्यङ्गय प्रहार त गरिरहेका छैनौं ? हाम्रा झीनामसिना, विवेकहीन क्रियाकलापले गर्दा दिनदिनै खर्चिलो, महत्त्वहीन र पीडादायी बन्दैछन्, चाडपर्व ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैह्रीधारा, काठमाडौं

06 September, 2006

सौर्न्दर्य र प्रतियोगिता

भदौ २० गते अर्पणा रायमाझीको लेख सन्देशमूलक छ । त्यसमा केही थप्न चाहन्छु । स्त्री, महिला, आइमाई, स्वास्नीमान्छे आदि नारीका पर्यायवाची शब्दका रूपमा लिइन्छ । आमा-छोरी, दिदी-बहिनी, श्रीमती, सासू-बुहारी, नन्द-भाउजू आदिले नारी रूप र सम्बन्ध जनाउ“छन् । मीठो बोली, नम्र स्वभाव र उदार मनले नारी स्वभाव प्रतिनिधित्व गर्छन् ।
नारी र सौर्न्दर्य अन्तरनिहित कुरा हुन् । सौर्न्दर्यले नारीको र नारीले सौर्न्दर्यको भाव झल्काउ“छ । सुन्दरता हेराइमा भर पर्छ । कसैलाई राम्रो लागेको कसैलाई नराम्रो लाग्न सक्छ । सुन्दरता भनेर नारीको बाहिरी आवरणलाई मात्र प्रस्तुत गर्न खौजेकी होइन । बाहिरी सुन्दरता आवश्यक छ, तर यो क्षणिक र नाशवान हुन्छ । भित्री सुन्दरता शारीरिक सुन्दरताभन्दा कैयौं गुना माथि छ । सम्यता, कोमलता, उदारता र दृढ आत्मविश्वास यी वास्तविक नारी सौर्न्दर्य हुन् । यी गुणले भरिपर्ूण्ा नारी परिवार, समाजका र राष्ट्रका असल प्रतिनिधि बन्न सक्छिन् ।
सुन्दरी प्रतियोगिताको चर्चा गर्ने हो भने कहा“, कहिले र कुन-कुन विधामा कति भइरहेका हुन्छन्, यकिन गर्न गाह्रो छ । दिनहु“ पढ्न, सुन्न पाइन्छ । १० वर्षपहिले सुरु भएको मिस नेपाल प्रतियोगिता अञ्चल, जिल्ला, जातीय र उमेरगत रूपमा पनि आएको छ । यसलाई अवसरका रूपमा पनि लिन सकिन्छ । तर एक नारीलाई मात्र अवसर प्रदान गर्दा तिनले आमनारीको प्रतिनिधित्व गर्न सक्दिनन् । उनले बाहिरी सुन्दरता प्रतिनिधित्व गर्न सक्लिन्, भित्री सुन्दरता प्रतिनिधित्व नगर्न पनि सक्छिन् । नारीको बाहिरी आवरण बढी महत्त्व दिइएको देखिन्छ । त्यसैले सुन्दरी प्रतियोगिताप्रति नकारात्मक धारणा बढेको हो ।
शारीरिक बनावटमात्र हेरिने हो भने सौर्न्दर्य प्रतियोगितामा उत्कृष्ट ठहरिएका नारीभन्दा प्रतियोगितामा सहभागी नभएका, गाउ“घर, पाखा-पखेराका दिदी-बहिनी कति राम्रा छन् । उनीहरूप्रति अन्याय भएको छ । विरोधका आवाज उठ्नु स्वाभाविक छ । किनभने नारी प्रतिनिधित्व गर्न छानिएका सुन्दरीमध्ये कति आफ्नै धुनमा मस्त छन् । कति अवसर उपयोग गर्न र खोजीमा विदेशिएका हुन्छन् । अनि हामी नारीले, समाजले र राष्ट्रले के आशा गर्ने - यसो हुनुको प्रमुख कारण प्रतियोगितामा हुने गरेका अपारदर्शिता, अपरिपक्वता, अनुसन्धान र उचित मूल्यांकनको कमीलाई लिन सकिन्छ । नारी वर्गको बाहिरी आवरणमात्र नहेरी भित्री सुन्दरताको मूल्यांकन एवम् पहिचान गरियोस् ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैह्रीधारा, काठमाडौं

08 August, 2006

बुढेसकालको सहारा

'सानो छँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर', बूढापाकाबाट पटक-पटक सुनिन्छ ।
हामीले बोल्ने पहिलो शब्द 'आमा' हो । आमाबाबुले दुःख सहेर, दिनरात नभनी, आधा पेट खाएर पनि सन्तानलाई खुसी राख्ने कोसिस गर्छन् । उनीहरूको एकमात्र इच्छा बूढेसकालको सहारा बन्ला भन्ने हुन्छ । त्यही सन्तानले सहारा बन्नु त कता हो कता, उल्टै तिरस्कार गरी शारीरिक तथा मानसिक यातना दिएका, घर छाड्न बाध्य बनाइएका र हत्यासम्म गरिएका खबर छन् । शनिबार प्रकाशित राजविराजका ६५ वषर्ीय वृद्घ दम्पतिको पीडा त नमुनामात्र हो ।
समाज जति आधुनिक बन्दैछ, हामी उति धर्म, कर्तव्य र जिम्मेवारी भुल्दै गइरहेका त छैनौं ? याद गरौं, हामीले आमाबाबुप्रति जस्तो व्यवहार गर्छाैं, भविष्यमा सन्ततिले हामीलाई त्यस्तै व्यवहार गर्नेछन् ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ,
हाल ः गैह्रीधारा, काठमाडौं

28 June, 2006

झण्डा होइन, सोचमा परिवर्तन

नाम र राष्ट्रिय गान परिवर्तन तथा सालिक विस्थापनका कुरा त सुन्न र पढ्नमा आए र भए पनि । राष्ट्रिय झण्डा नै परिवर्तन गर्ने कुरा पढ्दाचाहिँ
साँच्चै पीडानुभूति भयो । अति गरे पनि अत्याचार त नगरौं न !
हाम्रो झण्डाको अर्थ तपाईं-हामीलाई थाहा छैन ? थाहा नहुनु त लाजमर्दो भयो । नीलो किनारा, रातो पृष्ठभूमि, चन्द्र र सूर्य अङ्कति भन्नेबित्तिकै त्रिकोणात्मक नेपाली झण्डा बुझिन्छ र गर्वले शिर उठ्छ । नीलो रङ्गले नदी र पवित्रता, रातोले अमर सहिदका रगतले सिञ्चित भूमि र वीरता दर्शाउँछ । त्यस्तै सूर्य शक्ति र चन्द्रमा शान्तिका प्रतीक हुन् । यसैलाई आधार मानी हाम्रा पुर्खालेे जबसम्म आकाशमा चन्द्र र सूर्य रहन्छन्, तबसम्म हाम्रो देश नेपाल रहन्छ भनी राष्ट्रिय झण्डा छनोट गरे । हामीचाहिँ झण्डाको अर्थलाई शाही र राणापरिवार र शासनसँग जोडेर यसको औचित्यमाथि प्रश्न उठाइरहेका छौं ।
प्रश्नकै लागि प्रश्न उठाउने हो भने भन्नु केही छैन । भोलि नेपालकै अर्थमा पनि प्रश्न उठ्ला र देशको नाम पनि परिवर्तन गर्ने कि नगर्ने भन्ने बकम्फुसे विवाद बढ्ला । त्यसबेला के गर्ने ? यसर्थ नाम परिवर्तन होइन, बरु हाम्रो सोचाइ र संस्कारतर्फ परिवर्तन ल्याउने जमर्को गर्ने पो हो कि ?
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैरीधारा, काठमाडौं

01 June, 2006

आर्थिक असमानता

गत शरिबार 'सानो घर, बाह्र परिवार' शीर्षक समाचारले आश्चर्यचकित भएँ । स्तब्ध
पनि । सानो घरमा त्यति धेरै परिवारका सदस्य कसरी जीवन गुजारा गरिरहेका
होलान् ? हामी केवल कल्पनामात्र गर्न सक्छौं । वास्तविकतासँग गाँसिएको पीडा त तिनलाई मात्र थाहा हुन्छ । यो त भयो एक घरको मात्र वास्तविकता हो । यसैगरी पीडादायी जीवन गुजारा गर्ने कति छन्, यकिन गर्नै गाह्रो पर्ला ।
आलिशान भवनमा बसेर चौरासी व्यञ्जन भोजन गर्ने पनि समाजमा नभएका होइनन् । सहरमा बसेर अमेरिका र बेलायतको बखान गर्नेहरू पनि कम छैनन् । सडकमा सुतेर, अर्काको घरमा जुठा भाँडा माझेर एकछाक पेटभरि खाने सपना देख्नेहरू पनि यहीँ छन् । यही हो समानता ? लोकतान्त्रिक अभ्यासमा यी समस्या सम्बोधन हुनुपर्छ ।
विडम्बना, यहाँ गरिबका व्यथा बुझेर त्यसबारे सोच्नेसम्म मानिस भेट्टाउन गाह्रो पर्ला । विकट हिमाली जिल्लाहरू जस्तै हुम्ला, जुम्लाका मानिस अझ कष्टकर जीवन बिताउन बाध्य छन् । जबसम्म नेपली-नेपालीबीच आर्थिक/सामाजिक खाडल रहन्छ, जनताको जीवनस्तर माथि उठ्न सक्दैन ।
पिछडिएका तथा अति विकट वर्गका लागि भानेर विभिन्न्ा कार्यक्रम नआएका पनि होइनन्, तर ती बीचमै हराउँछन् ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private