08 August, 2006

बुढेसकालको सहारा

'सानो छँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर', बूढापाकाबाट पटक-पटक सुनिन्छ ।
हामीले बोल्ने पहिलो शब्द 'आमा' हो । आमाबाबुले दुःख सहेर, दिनरात नभनी, आधा पेट खाएर पनि सन्तानलाई खुसी राख्ने कोसिस गर्छन् । उनीहरूको एकमात्र इच्छा बूढेसकालको सहारा बन्ला भन्ने हुन्छ । त्यही सन्तानले सहारा बन्नु त कता हो कता, उल्टै तिरस्कार गरी शारीरिक तथा मानसिक यातना दिएका, घर छाड्न बाध्य बनाइएका र हत्यासम्म गरिएका खबर छन् । शनिबार प्रकाशित राजविराजका ६५ वषर्ीय वृद्घ दम्पतिको पीडा त नमुनामात्र हो ।
समाज जति आधुनिक बन्दैछ, हामी उति धर्म, कर्तव्य र जिम्मेवारी भुल्दै गइरहेका त छैनौं ? याद गरौं, हामीले आमाबाबुप्रति जस्तो व्यवहार गर्छाैं, भविष्यमा सन्ततिले हामीलाई त्यस्तै व्यवहार गर्नेछन् ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ,
हाल ः गैह्रीधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private