24 January, 2008

इतिहास नभुलौं

यसपाला पृथ्वी जयन्ती मनाइएन । के हामीले इतिहास भुल्न खोजेकै हौं - राष्ट्रिय एकीकरणजस्तो देशको स्वाभिमान गा“सिएको विषयलाई सामान्य ठानी कसरी चुपचाप बस्न सकिन्छ - लोकतन्त्र बहालीपछि २७ पुसमा पृथ्वी जयन्ती मनाउने परम्परा किन तोडियो - पृथ्वी जयन्तीका रूपमा मनाउ“दा आपत्ति थियो भने यसलाई एकीकरण दिवस भनेर मनाउन सकिन्थ्यो । नकारात्मक पक्ष मात्र केलाएर राष्ट्र निर्माताका सफल र साहसपर्ूण्ा योगदानलाई कसरी लत्याउन सकिन्छ ?यसपटक राष्ट्र निर्माता पृथ्वीनारायण शाहका विषयमा कतै सुन्न र पढ्न पाइएन । पत्रिकाले समेत कुनै महत्त्व दिएनन् । उनको ३१ वर्षो देश सेवाको योगदानलनई हामी एक दिन सम्झन सक्दैनौं । यो कस्तो न्याय - नबिसार्ंर्ैैाज हामी जुन भैगोलिक क्षेत्रलाई नेपाल भनी गौरव गर्छर्ाा त्यो तिनै वीर यौद्घा तथा कुशल राजनीतिज्ञको एकीकरण अभियानको उपलब्धि हो । चेपेनदीदेखि धादिङसम्म सीमित गोरखाको सिमाना उनले पर्ूव मेचीसम्म बढाए । राज्यलाई व्यक्तिगत सम्पत्तिसरह अंशवण्डा गर्ने परम्परालाई उनको एकीकरण प्रयासले विफल पारिदियो । राष्ट्र एकीकरणका क्रममा जे-जस्ता युद्घनीति अपनाइए पनि ती देश र जनताका विपक्षमा थिएनन् । नेपालको एकीकरणलाई अंग्रेजको सामन्ती, क्रूर र स्वार्थपर्ूण्ा विस्तारवादी नीतिस“ग दा“ज्न मिल्दैन । यो भौगोलिक मात्र नभएर वैचारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र भावनाको एकीकरण हो ।निजी स्वार्थपर्ूर्तिका लागि मात्र एकीकरण अभियान थालिएको भए आज हाम्रो देशको नाम नेपाल नभएर 'गोरखा' हुने थियो होला । पृथ्वीनारायण गोरखाका राजा थिए । युद्ध क्रममा उनका साथै अन्य सहयोगी र नेतृत्व पंक्तिको बुद्धिमता र बहादुरीको समीक्षा स्वयं पृथ्वीबाटै भएको छ । उनले एकीकरण सफलताको श्रेय आफूले मात्र लिएनन् सबै पक्षलाई यसको भागीदार बनाए । उनका दिव्य उपदेशबाट यही प्रस्ट हुन्छ ।लोकतन्त्रका नाममा सत्य मेटाउने प्रयास गरियो भने भोलि हाम्रा सन्ततिका लागि नेपालको ऐतिहाँसिक पृष्ठभूमि के रहला - सालिक ढाल्दैमा आस्था ढल्दैन । एक दिन पृथ्वी जयन्ती नमनाउ“दैमा इतिहास मेटि“दैन । पृथ्वीनारायणको साहसलाई हामीले सम्मान गर्नैपर्छ र पुस २७ लाई पनि सम्मानपर्ूवक मनाइनर्ुपर्छ ।-

- निर्मला रेग्मी केवलपुर-१,धादिङ्ग हालः गैरीधारा, काठमाडौं

---------------------------------------

राष्ट्र निर्मातालाई बिर्सँदा
निर्मला रेग्मीको 'इतिहास नभुलौं (९-माघ-२०६५) पढ्दा मन खिन्न भयो । हामी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई कसरी भुल्न सक्छौं - जसले यत्र-तत्र छरिएका स-साना राज्य समेटेर विशाल नेपाल बनाए, आज यो देशले तिनकै नाम उच्चारण गर्न चाहेन । धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तै उनका सन्तानले गरेका गल्तीका आधारमा इतिहासले लेखिसकेको नाम भुल्ने प्रयास नगरौँ । निष्पक्ष मूल्याङ्कन गरौं ।
- यदुनाथ ज्ञवाली
शंकरनगर- ८, रूपन्देही

14 January, 2008

सहिदको सम्झना

सहिद प्रकाश र प्रेणाका स्रोत हुन् । तिनको सम्मान राष्ट्रले गर्नैपर्छ । राष्ट्र र राष्ट्रियताका निमित्त जसले ज्यान दिए ती अमर छन् । क्रूर, निरंकुश तथा सामन्ती शासन व्यवस्थाबाट देश र जनतालाई मुक्ति दिलाउन प्रयास गर्दागर्दै वीरगति प्राप्त गर्नुभएका सहिदप्रति श्रद्धासुमन चढाउ“छु । 'एउटै घर नेपाल र एउटै जाति नेपाली' भन्ने भावनाले जनतालाई र्सार्वभौम बनाउने क्रममा सहिदले जीवन गुमाए । देशमा दिगो शान्ति र स्थिर राजनीतिक व्यवस्था लागू भई आनन्दको श्वास फर्ेन पाइयोस् भन्ने उनीहरूको चाहना थियो ।लोकतान्त्रिक सरकारले बिनाकुनै मापदण्ड जस्तोसुुकै मरणलाई पनि सहिद घोषणा गरेर 'सहिद' शब्दकै अवज्ञा गरेको छ । जस्तोसुकै आन्दोलनमा मारिएका पनि सहिद † व्यक्तिगत इबीका कारण कसैको हत्या भए पनि सहिद † गाडीको ठक्करबाट मरेका पनि सहिद † हचुवाका भरमा जोकोही सहिद कहलिन थालेका छन् ।मेरो बुझाइमा देश सेवामा लाग्दालाग्दै मारिएकाहरू सहिद हुन् । तिनको र्सर्ंघषशील र प्रेरणादायी इतिहास हुन्छ । तिनीहरू राष्ट्रका शान हुन् । त्यसैले सहिदको अपमान गरी मागी खाने भा“डो नबनार्अांै । सहिदको मर्म र मापदण्ड के हो - को हुुुन् ती राष्ट्रिय सहिद - यो र्सवजनिक बहसको विषय बन्न सक्छ । जसको मूल्यांकन सरकार र राष्ट्रिय स्तरबाट गरिनर्ुपर्छ । देशमा शान्ति, सुरक्षा कायम गरी जनताको जीउ-धन र हक अधिकार सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो । बिनाआधार 'सहिद' जस्तो गरिमामय पद दुरुपयोग गरी सरकार जिम्मेवारीबाट पन्छिन सक्दैन । हामीले पनि नागरिक कर्तव्य र दायित्व पूरा गर्ने बेला आएको छ । पत्थरको मर्ूर्तिमा फूलमाला चढाएर एकदिन दिवस मनाउ“दैमा मात्र सहिदको सपना पूरा हु“दैन । देशलाई सामन्ती शासन व्यवस्थाबाट मुक्ति दिलाई प्रजातन्त्र र लोकतन्त्र स्थापनामा आजसम्म कतिले वीरगति प्राप्त गरे - कति सहिद भए - खोइ यसको मूल्यांकन गरेको -- निर्मला रेग्मीकेवलपुर-१, धादिङ, हाल- गैह्रिधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private