09 April, 2008

जागिर गुम्यो

सरकारले चुनावका लागि पाँच दिन सार्वजनिक बिदा घोषणा गरेको छ । वित्तीय संस्थामा चाहिँ तीन दिन बिदा दिइएको छ । होटल व्यवसायी संघले पनि दुइ दिन बिदा तोकेको छ । तर काठमाडौंस्थित एक चाइनिज रेष्टुराँमा कार्यरत धरान, धादिङ र चितवनका ३ कामदारले बिदा नपाउँदा जागिरै छोड्नु परेको छ । उनीहरूले दुइ महिनाको तलबसमेत पाएनन् । प्रहरीका साथ तलब माग्न होटल पुगेछन् चितवनका युवा । प्रहरी होटल मालिककै गफमा भुलेको देख्दा निराश भएर उनी फर्किएछन् । अन्तमा केही सीप नलागेपछि ती युवा कामदार -नाम लेख्न नचाहने ) रित्तो हात घरफर्केका छन् । उनी भन्दैथिए- जागिर त अरू पाइन्छ तर संविधानसभामा भोट हाली योग्य उम्मेदवार छान्ने मौका कहा“ पाइन्छ र ?
उनीहरूको यो साहस र राष्ट्रियताको सम्मान गर्दै यही कार्यरत मेरा मित्रको अनुरोधमा मैले कलम चलाएकी हुँ । थप जानकारीका लागि उनीहरूलाई होटल व्यवसायी संघमा बुझ्न लगाएँ । नेपाली र चिनिया“को साझेदारीमा रेष्टुरा“ खोलिएको र दर्तासम्म नगरिएकाले केही गर्न नमिल्ने बताइयो । यसरी व्यर्थमा जागिर गयो हाम्रा युवाको ।

- निर्मला रेग्मी

केवलपुर -१) धादिङ

हाल- गैह्रीधारा, काठमाडौं

01 April, 2008

समानताको खोजी

धर्मशास्त्रमा महिला अधिकार -१६ चैत) मञ्जु सिग्देलको लेख चित्तबुझ्दो लाग्यो । धर्मशास्त्रको अल्प ज्ञान तथा उल्टो बुझाइबाट पे्ररित नारी तथा पुरुष लेखहरूप्रतिको तर्कपर्ूण्ा ज्ञानवर्द्धक विश्लेषणका लगि आचार्य आमोदबर्द्धन कौडिन्यायन र मञ्जु सिग्देललाई धन्यावाद । वास्तवमा नारीहरू के कारणले पछि परेका हुन् त - केही दिनयता पत्रपत्रिकामा चलेको महिला र पुरुषबीचको वैचारिक द्वन्द्वले मलाई पनि कलम चलाउन बाध्य गरायो । कुनै एक पुरुष या महिलाका विवेकहीन आचरणलाई माध्यम बनाई सम्पर्ूण्ा नारी र पुरुषवर्गमाथि आरोप प्रत्यारोप लगाउनु केवल वैचारिक दरिन्द्ररताको उपज मात्र हुनेछ । तुनात्मक रूपमा हेर्दा नारीवादी लेखमा पुरुषहरूलाई बढी कठोर, निर्दयी र नारी स्वतन्त्रताका बाधकका रूपमा प्रस्तुत गरिएको पाइन्छ । यसरी हामी नारीले अर्कालाई आरोप लगाउनुअघि आफ्नो गल्तीलाई कहिल्यै नजरअन्दाज गरेका छौं -
- निर्मला रेग्मी
केवलपुर-१,धादिङ्ग
हालः गैरीधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private