10 April, 2007

मिस काठमाडौं !

जति जोडतोडका साथ प्रचार-प्रसार गरिएको थियो त्यसअनुसारको स्तर प्रतियोगिताले पाउन सकेन । महिलाका विरोधमा महिला उभिएका थिए । फरक यतिमात्र थियो कि घरपरिवारमा सीमित वैचारिक दरिद्रता अब सडकमा उत्रियो । नत्र महिलाका विरुद्घमा सधै महिला नै किन उठ्छन् त ? महिलाले महिलाको सम्मान नगर्ने हो भने सडकमा चटक देखाउनुको अर्थ के रहन्छ ? यो त आफ्नै विरोध भएन र ? सुन्दरी प्रतियोगिता हुनुपर्छ । सरल, निष्पक्ष, सही र सम्मानित वातावरणमा । त्यसले मात्रै नारी सौन्दर्य, स्वतन्त्रता र आत्मसम्मान बढाउने छ । आयोजकहरूले आफ्ना कमजोरी सच्याउँदै विरोधीका आवाज सुनेर अघि बढ्नुपर्छ ।
विरोध किन भइरहेको छ ? जब प्रतियोगिता हुने क्रम सुरु हुन्छ, सुन्दरीलाई पाँचतारे होटलमा राखी क्याटवाक गर्न, टेबलमा खान सिकाइन्छ । उनीहरूलाई कुनै कम्पनीको मार्केटिङ एजेन्टजस्तै बनाइन्छ, जो आफ्ना सामान बिकाउन हरतरहले कोसिस गर्छन् । प्रतियोगिता भइरहँदा कार्यक्रम उद्घोषक र प्रतियोगी अंग्रेजी छाँट्छन् । निणर्ायक पनि अंग्रेजीमै सोध्छन् । त्यहाँ नेपालीपन भेटिँदैन । न भाषा, न शैली, न पहिरन खै कहाँ छ नेपालीपन ? त्यसैले यो प्रतियोगिताको
नाम मिस नेपाल नभई 'मिस डाबर काठमाडौं' राखे कसो होला ? प्राकृतिक सुन्दरता ईश्वरीय देन हो । उमेरसँगै यो नास हुँदैजान्छ । रूपको आडमा कसैलाई दाँज्नु हुँदैन । हेराइ सकारात्मक छ भने सबै राम्रा देखिन्छन् । कतिपय अवस्थामा रूप र क्षमतामात्र भएर हुँदैन दुवै आवश्यक हुन्छ । नेपाल सुन्दरी पनि रूप र क्षमता दुवै पूर्ण हुनुपर्छ । यी सबैलाई ध्यानमा राखी प्रतियोगिता गरे विरोध नहोला भन्ने आशा छ ।
त्यस्तै पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमले प्रतियोगिताको छनोट प्रक्रिया, चरण र प्रतियोगिताबारे प्रचार-प्रसार गरिदिए आगामी वर्षमा सबै क्षेत्र र समुदायका नारीले सहभागिता जनाउने अवसर पाउनेथे । प्रचार-प्रसार नभएको भन्न खोजेकी होइन तर जति पनि हुन्छ खाली कहिले ? कहाँ र कतिजना भन्ने मात्र हुन्छ ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ, हालः गैरीधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private