28 June, 2006

झण्डा होइन, सोचमा परिवर्तन

नाम र राष्ट्रिय गान परिवर्तन तथा सालिक विस्थापनका कुरा त सुन्न र पढ्नमा आए र भए पनि । राष्ट्रिय झण्डा नै परिवर्तन गर्ने कुरा पढ्दाचाहिँ
साँच्चै पीडानुभूति भयो । अति गरे पनि अत्याचार त नगरौं न !
हाम्रो झण्डाको अर्थ तपाईं-हामीलाई थाहा छैन ? थाहा नहुनु त लाजमर्दो भयो । नीलो किनारा, रातो पृष्ठभूमि, चन्द्र र सूर्य अङ्कति भन्नेबित्तिकै त्रिकोणात्मक नेपाली झण्डा बुझिन्छ र गर्वले शिर उठ्छ । नीलो रङ्गले नदी र पवित्रता, रातोले अमर सहिदका रगतले सिञ्चित भूमि र वीरता दर्शाउँछ । त्यस्तै सूर्य शक्ति र चन्द्रमा शान्तिका प्रतीक हुन् । यसैलाई आधार मानी हाम्रा पुर्खालेे जबसम्म आकाशमा चन्द्र र सूर्य रहन्छन्, तबसम्म हाम्रो देश नेपाल रहन्छ भनी राष्ट्रिय झण्डा छनोट गरे । हामीचाहिँ झण्डाको अर्थलाई शाही र राणापरिवार र शासनसँग जोडेर यसको औचित्यमाथि प्रश्न उठाइरहेका छौं ।
प्रश्नकै लागि प्रश्न उठाउने हो भने भन्नु केही छैन । भोलि नेपालकै अर्थमा पनि प्रश्न उठ्ला र देशको नाम पनि परिवर्तन गर्ने कि नगर्ने भन्ने बकम्फुसे विवाद बढ्ला । त्यसबेला के गर्ने ? यसर्थ नाम परिवर्तन होइन, बरु हाम्रो सोचाइ र संस्कारतर्फ परिवर्तन ल्याउने जमर्को गर्ने पो हो कि ?
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैरीधारा, काठमाडौं

01 June, 2006

आर्थिक असमानता

गत शरिबार 'सानो घर, बाह्र परिवार' शीर्षक समाचारले आश्चर्यचकित भएँ । स्तब्ध
पनि । सानो घरमा त्यति धेरै परिवारका सदस्य कसरी जीवन गुजारा गरिरहेका
होलान् ? हामी केवल कल्पनामात्र गर्न सक्छौं । वास्तविकतासँग गाँसिएको पीडा त तिनलाई मात्र थाहा हुन्छ । यो त भयो एक घरको मात्र वास्तविकता हो । यसैगरी पीडादायी जीवन गुजारा गर्ने कति छन्, यकिन गर्नै गाह्रो पर्ला ।
आलिशान भवनमा बसेर चौरासी व्यञ्जन भोजन गर्ने पनि समाजमा नभएका होइनन् । सहरमा बसेर अमेरिका र बेलायतको बखान गर्नेहरू पनि कम छैनन् । सडकमा सुतेर, अर्काको घरमा जुठा भाँडा माझेर एकछाक पेटभरि खाने सपना देख्नेहरू पनि यहीँ छन् । यही हो समानता ? लोकतान्त्रिक अभ्यासमा यी समस्या सम्बोधन हुनुपर्छ ।
विडम्बना, यहाँ गरिबका व्यथा बुझेर त्यसबारे सोच्नेसम्म मानिस भेट्टाउन गाह्रो पर्ला । विकट हिमाली जिल्लाहरू जस्तै हुम्ला, जुम्लाका मानिस अझ कष्टकर जीवन बिताउन बाध्य छन् । जबसम्म नेपली-नेपालीबीच आर्थिक/सामाजिक खाडल रहन्छ, जनताको जीवनस्तर माथि उठ्न सक्दैन ।
पिछडिएका तथा अति विकट वर्गका लागि भानेर विभिन्न्ा कार्यक्रम नआएका पनि होइनन्, तर ती बीचमै हराउँछन् ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private