26 October, 2006

रिमिक्स देउसी

साथीभाइ र आफन्त मिली देउसी-भैलो खेल्दै गाउँ-सहर डुल्दै नाचगान गर्नु तिहारको महत्त्वपूर्ण पक्ष हो । मादलको तालमा लय मिलाई स्वरमा स्वर मिलाई गाइन्थ्यो देउसी । यसपालि सहरमा विचित्रै देखियो- देउसी-भैलो पनि रिमिक्स भएछ । मादलको ठाउँमा ड्रमसेट र गितार बज्ो भने देउसी-भैलोका ठाउँमा काँटा लगा । यसलाई विकास भन्ने कि विनाश ?
हामी देउसी-भैलो परम्परा जोगाउन होइन, आयआर्जन गर्ने उद्देश्यले गरिरहेका छौं । अनियन्त्रित रूपमा आधा रातसम्म हिन्दी र अंगे्रजी गाना घन्काएर उत्ताउलो नाचेर मनलाग्दी पैसा माग्नु न्यायोचित हो र ? कतिपयले त दक्षिणाको रेट नै तोकेका पाइयो, ५५ सय रुपैयाँ रे । कसरी दिने यत्रो रकम ? गुन्यू-चोली र फरियामा सजिएकाले 'परदेशिया र काँटा लगा' भनेर नाच्दा कस्तो होला ? यस्तोसम्म हेर्न पाइयो यसपालि । हामी युवावर्ग परिवर्तन चाहन्छौं । परिवर्तनका नाममा कतै हामीले हामै्र रीतिरिवाजमाथि नै व्यङ्गय प्रहार त गरिरहेका छैनौं ? हाम्रा झीनामसिना, विवेकहीन क्रियाकलापले गर्दा दिनदिनै खर्चिलो, महत्त्वहीन र पीडादायी बन्दैछन्, चाडपर्व ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैह्रीधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private