02 August, 2007

क्षमतामा प्रतिस्पर्धा

'मै छोरी सुन्दरी' -८ साउन) शीर्षकमा मेरो पत्र छापिएको थियो । त्यहीसँग सम्बन्धित रहेर छलाङ साहित्यिक आन्दोलन समूहका अल्पविरामले 'स्वीकार्य अर्धनग्न' -१४ साउन) प्रतिक्रिया लेख्नुभएको रहेछ । अल्पविरामजीले मेरो लेखलाई ध्यानपूर्वक पढी प्रतिक्रिया दिनुभएकामा धन्यवाद तर लेखको आशय बुझ्न नसक्नु भएकामा दुःख छ । नारी भएर नारीको चरित्रमा औंला उठाउनु मेरो मनाशय होइन । सत्य तीतो हुन्छ । म पनि एक्काइसौं शताब्दीकी कामकाजी अविवाहित नारी हुँ । बिहान क्याम्पस जान्छु, दिउँसो अफिस र बेलुका घर । यस अवधिमा मैले भोगेका र देखेका कुरालाई बाहिर ल्याउने प्रयास गरेकी हुँ । त्यो मेरो व्यक्तिगत विचार भएपनि सबैले महसुस गरेको तथ्य हो । यसको गलत अर्थ नलगाउन अनुरोध छ ।

फेसनमा पुरुषभन्दा महिला निकै अगाडि छन् यो सबैलाई थाहै छ । पहिरनमा पुरुषसँग प्रतिस्पर्धा गरेरै स्वतन्त्रताको अधिकार उपयोग गर्न खोज्नुभएको हो ? हामी नारी संकुचित सोचाइबाट माथि उठ्न सकेका छैनौं भन्ने दरिलो उदाहरण यो हुन सक्छ । हामी नेपाली परिवेश भित्र हुर्किएका नारी हौं । हामीले पश्चिमा नारीको फेसनमा प्रतिस्पर्धा गर्ने होइन, उनीहरूको चेतना र क्षमतासँग गर्नुपर्छ । उनीहरू अर्धनग्न भएर हिँडे भन्दैमा हामी पनि हिँड्नुपर्छ भन्ने छ ? शारीरिक बनावटको स्वरूप हेर्ने हो भने नारी र पुरुषबीच निकै अन्तर छ । पुरुषसरह स्वतन्त्र हुन खोज्ने होडमा आफ्नो नग्नतालाई स्वतन्त्रता भन्नुहुन्छ भने भोलि पुरुषले महिलाका फेसन गर्न थाले भने त्यतिखेर तपाईंको प्रतिक्रिया के रहन्छ ?

'पशुप्राणीका लागि महिलाले शरीर ढाकेर वा बुर्का ओडेर हिंड्नुपर्छ भन्ने केही बाध्यता छैन' यो वाक्यले के अर्थ दिन्छ ? ठाडो अर्थ लगाउने हो भने नारी र पशु एउटै भन्न खोजिएको हो । आफैं सोच्नुस् ! पशु र मानिस एकै हुन् ? यो मानव सभ्यताको खिलाफ भयो कि भएन ? जहाँसम्म नारीका छोप्नुपर्ने अंग कुन कुन हुन् ? भन्ने प्रश्न छ यसको जवाफ हामी नारी-पुरुष दुवैलाई राम्ररी थाहा छ । यसको निर्धारण नभएको भए हामी थुनचोली -ब्रा) र पेन्टी ढाक्ने लुगा लगाएर हिंड्ने थिएनौं होला र बाहिर देखियो भने लजाउँदै छोप्ने चेस्टा गर्दैनथ्यौं होला । गर्मी भयो भनेर पेन्टी र ब्रा देखिने फेसन गरेर हिँड्नु भएन भन्न खोजेकी हुँ । हुन्छ भने हामी फेरि मानव सभ्यताको सुरुवाततिर त फकिँदै त छैनौँ ? तपाईं आफ्नो शरीरलाई कुन रूपमा सजाउन र प्रयोग गर्न चाहनुहुन्छ त्यो तपाईंको व्यक्तिगत अधिकार हो तर त्यो अधिकारको गलत प्रयोग गरिन्छ भने त्यसको परिणाम त्यसैअनुरूप आउँछ । हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्नु कहाँसम्म उचित हुन्छ ? गर्नुनै छ भने शिक्षा र सक्षमतासँग गर्नुपर्छ पहिरनमा होइन । हरेक पाइलामा नारीका बाधक भनी पुरुषलाई आरोप लगाउनु कहाँसम्म उचित होला ? अति न्यूनस्तरमा गएर पुरुषमाथि खोइरो खन्नु आफ्नै स्तर घटाउनु हो । नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने नबिर्सौं ।

- निर्मला रेग्मी

केवलपुर- १, धादिङ

हाल: गैह्रीधारा, काठमाडौं



महिला छोटा-छोटा लुगामा ठाट्टएिर हिंडिरहेका हुन्छन् । आधुनिकताको नाममा हाम्रो संस्कृति बिर्सनु भएन नि ? छोटा लुगा लगाएर हिंड्दैमा आधुनिक भइन्छ र ? विचार पो उच्च हुनुपर्‍यो । फेसनबारे सोचेर समय खेर नफालौं । दिमागलाई सिर्जनशील बनाऔं । अरूमा निर्भर रहनु नपरोस् । बाहिर श्रीमान्को खिल्ली उडाउने अनि बेलुकी श्रीमान्कै जीउमा तेल लगाएर मालिस गर्ने, यो कस्तो द्वैध चरित्र ?

मन लागेको लुगा लगाउन पाउनु मानव अधिकार हो । तर, वर्तमान समाजअनुसार चल्नु सबैको कर्तव्य हो । भनिन्छ, 'महिलाको कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ । तिनै महिला अन्तरिक्षमा पुगिसके । पश्चिमी संस्कृतिको सिकोमात्र नगरौं । राम्रा चिज नक्कल गरौं । खुट्टा तान्ने प्रवृत्ति छाडौं । विदेशी उत्पादन पहिरिएर फेसेनेवल हुनुभन्दा स्वदेशी वस्तु पहिरिनु वेश हुन्छ । स्वतन्त्रताका नाममा सामाजिक विकृति मच्याउने युवती कलंक हुन् । छोप्नुपर्ने अङ्ग आधुनिकता र स्वतन्त्रताका नाममा देखाएर हिंड्नु कहाँसम्मको सुन्दरता हो ? भन्ने गतिलो प्रश्न गरेकी छन् निर्मलाले । यो समाजमा निर्मलाजस्ती युवतीको खाँचो छ ।

- उत्तम उप्रेती

हाँडिखोला- ९, मकवानपुर

हाल ः लोकन्थली, भक्तपुर
===========================================================
Feedback-02

अल्पविरामजी ! अरूका त्रुटि औल्याउँदा आफ्नो लेख र आफूलाई पनि विचार गर्नुपर्ने हुन्छ । हामी को हौं ? हाम्रो समाज कस्तो छ ? अरू देश र हाम्रो देशको आर्थिक स्थिति कस्तो छ ? लेख धनकुमारी सुनारको होस् वा निर्मला रेग्मीको । दुवैका राम्रा र नराम्रा पक्ष केलाउने प्रयत्न गरौं ।

विदेशका पुरुष राम्रा नेपाली नराम्रा भन्नु भएको रहेछ । विदेशमा नेपाली पुरूषलाई धेरै सहनशील र महिलाको माया गर्ने पुरुषको दर्जामा राखिएको छ । एकफेर सोच्नोस् त महिनैपिच्छे श्रीमती फेर्ने पुरुष राम्रा कि बाँचुञ्जेलसम्म माया गरेर राख्ने ?

- विनायक अधिकारी

मनमैंजू- ५, काठमाडौं

अिर्धनग्न स्वतन्त्रता
अल्पविरामका भाषा, शैली र शब्दले मेरो मनमा हलचल भयो । त्यहाँ लेखिएको थियो- 'पुरुषले जस्तै महिलाले पनि अर्धनग्न भएर हिंड्न पाउनुपर्छ ।' त्यसरी स्वतन्त्रपूर्वक हिंडेकी युवतीलाई देखेर कुनै पुरुष कामुक हुन्छ भने यसमा युवतीको दोष हुँदैन । महिला शरीर देखेर उत्तेजित हुने पुरुष अश्लील हो, महिला होइनन् ।' यथार्थ यही हो त ? युवतीले आधा आङ देखिने पहिरन लगाएर हिंड्नु महिला स्वतन्त्रता हो त ? महिला आन्दोलनलाई अर्धनग्नतामा ढालेर स्वतन्त्रताको नारा उठाउनु जायज हो ? अनि कुकुरले खुट्टा टोक्यो भन्दैमा आफूले पनि त्यसको खुट्टा टोक्नु कत्तिको उचित हुन्छ ।

आधा आङमा लगाएका लुगा र देखिने नांगा अङ अनि त्यसबाट हुने आकर्षणलाई पुरुषमाथि दोष थुपार्ने माध्यम नबनाएकै राम्रो होला । आफ्नो सुरक्षा गर्न महिला आफू सचेत हुनुपर्छ । समाजमा महिलाद्वारा पुरुष बलात्कृत भएका घटना धेरै छन् भने एक्लो पुरुष हिंड्दा युवतीको ग्याङले जिस्काउने गरेका घटना धेरै छन् । यौन उत्तेजक अंग देखाएर पुरुषलाई मात्र कामुकताको दोष दिनु राम्रो होइन । शारीरिक र मानसिक विकाससँगै हुने यौन परिवर्तनका कारण प्राकृतिक रूपमा महिलामा अर्धनग्न हुने र पुरुषमा त्यसप्रति आकर्षण हुने हुन्छ । महिला देखेर पुरुष आकषिर्त नहुने र पुरुषलाई देखेर महिला आकषिर्त नहुने हो भने मानव जीवनमा वंशानु विकासक्रम रोकिन्छ । त्यसैले पुरुषले महिलालाई र महिलाले पुरुषलाई जिस्क्याउनुलाई प्राकृतिक नियम मान्नुपर्छ । यसो भनेर माध्यम बनाएर महिलाले अर्धनग्न वा पारदर्शी लुगा भने लगाउन हुँदैन ।

- दीपेन्द्र काफ्ले ँपूर्ण विराम’

मूर्तिढुंगा- ५, धनकुटा

हाल धनकुटा बहुमुखी क्याम्पस धनकुटा

gaलत चिन्तन
सजिलोका लागि हो वा फेसनको रहरले महिला अङ्ग प्रदर्शनको होडमा उत्रिएका छन् । सजिलोका लागि सामान्य लुगा लगाउनु स्वभाविक हो । नाममात्रका कपडा लगाउने छाडा शैली हामीलाई पच्ने बेला भएको छैन । त्यसका लागि देश सबै कुराले सम्पन्न भइसकेको हुनुपर्छ । अल्पविरामले भन्नुभएको छ- 'अर्धनग्न भएर हिंड्ने युवतीले समाजको हिन्दुवादी पुरुषवादलाई चुनौती दिइरहेछन् । उनीहरूलाई सबैले सम्मान गर्नुपर्छ ।' पुरुषलाई चुनौती दिन १० वर्षे 'जनयुद्ध' मा महिला छापामारले युद्ध लडेर बहादुरी देखाए, त्यस्तै वर्तमान संसद्देखि सरकारमा मन्त्री बनेर पुरुषसरह मन्त्रालय चलाइरहेका छन् । पुरुषले गर्ने हरेक काम महिलाले गर्न सक्छन् भन्दै राम्रा काममा प्रतिस्पर्धा गर्न छाडेर छोटा लुगा लगाउने महिला बहादुर हुन् उनीहरूलाई सम्मान गर्नुपर्छ भन्ने चिन्तन लिनु कत्तिको उचित हो ?



============================================================
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private