19 December, 2007

नारी हिंसाको अन्त्य

पवित्रा शर्माको 'दाइजोले दिएको पीडा' -२८ मंसिर) पढेर भावविह्वल भए“ । आफूमाथि भएको अन्यायविरुद्घ खुलेर आवाज उठाएकामा धन्यवाद । लाग्छ, उनको यो प्रयासबाट अन्य दिदी-बिहिनीलाई पनि आफ्ना पीडा पोख्ने हौसला तथा साहस मिल्नेछ ।अन्याय गर्नुभन्दा सहनु पाप हो । रूढीवादी परम्परा र सामाजिक अन्धविश्वासका कारण हामी खुलेर प्रतिकार गर्न सक्दैनौं । कतिपय महिला आफूमाथि हुने गरेका हिंसालाई भाग्यको खेल र कर्मको लेखा भनी चुपचाप सहन बाध्य छन् ।नारी शिक्षित हुन् या अशिक्षित, काठमाडौंकी हुन् या कालिकोटकी, विवाहपछि श्रीमान् र परिवारिक सदस्यबाट स्नेहपर्ूण्ा र सम्मानजनक व्यवहारको आशा गर्छन् । विडम्बना † भइदिन्छ उल्टो । विवाह गरेको केही दिन, साता, महिना र वर्षबित्न नपाउ“दै उनी श्रीमान् र परिवारबाट लज्जित, अपमानित र तिरस्कृत हुन पुग्छिन् । आखिर उनको दोष के - यसरी विभिन्न बहानामा नारीलाई मानसिक तथा शारीरिक यातना दिइने गरिन्छ ।बा“झी भन्दै दोस्रो बिहे गर्ने वा घरबाटै निकालिन्छ । दाइजोको निहु“मा जिउ“दै जलाइन्छ । बोक्सी आरोप लगाई दिसा खुवाइन्छ । पढ्न गएकी छोरीको अस्मिता लुटिन्छ । घा“स काट्न गएकी बुहारीको लास जंगलमा फेला पर्छ । यस्ता घटना दोहोरिरहेका छन् । रक्षक नै भक्षक भइदिएपछि गर्नु के - र, भन्नु के - कहा“ छ नारी सुरक्षा - समाजका शिक्षित र विवेकशील भनाउ“दाबाटै नारी अवहेलित र असुरक्षित भएका छन् । यहा“ योग्य बुहारी र ज्वाइ“भन्दा दाइजो र सम्पत्तिको मोलतोल हुन्छ । अर्काको घर जाने जात भन्दै छोरीको शिक्षा-दीक्षामा भन्दा चा“डो विवाह गरिदिनेतर्फअभिभावक उत्प्रेरित हुन्छन् । नारीले नारीको वेदना बुझ्दैनन् । यहा“ नारीका शत्रु अग्ररूपमा नारी हुन्छिन् ।आफू शिक्षित, चेतनशील र सक्षम नभई विवाह गर्नाले पनि अरूमाथि आश्रति बन्नुपरेको छ । रामेश्वरी पन्तले लेख्नुभएजस्तो हामी सहर बजारमा बस्ने शिक्षित र सक्षम नारीले आफ्नो विवाह आफ्नो हिसाबले गर्न सक्छौं । तर हुम्ला, जुम्ला र कालिकोटजस्ता विकट तथा ग्रामीण इलाकामा बसोबास गर्ने कलिला दिदी-बहिनीका लागि के यो सम्भव छ - हरकिसिमबाट ठगिएका ती नारीका विषयमा कसले सोच्ने ? देशभरका महिलाका हकहित र अधिकारका लागि भनेर गठन भएको राष्ट्रिय महिला आयोग पनि ठूल-ठूला कुरा मात्रै गर्छ । उसको काम चाहि“ शून्य छ । आयोगभित्र कानुनी शाखा छ तर आयोग पर्ुनर्गठन भएयता जम्मा २२ वटा मुद्दा दर्ता भएकामा एउटा पनि किनारा लाग्न सकेको छैन । विभिन्न बहानामा खोलिएका संघ, संस्था पनि प्रायःजसो नारी सभा, सम्मेलन र बैठकमै सीमित छन् । ३३ प्रतिशत आरक्षण भनी जतिसुकै कराए पनि व्यवहारमा त्यस्तो पाइएको छैन । महिला हकहित संरक्षण गर्न नीति-नियम र कानुन बनेका छन् । महिला हिंसाविरुद्ध प्रयास भएका छन् । विडम्बना † ती सब कागज र बोलीमै सीमित छन् । यसरी फोस्रा भाषण छा“टेर समय खेर फाल्नुको के अर्थ - आफ्ना हकहित र सुरक्षाका विषयमा पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मका महिलाले सूचित हुने अवसर पाउनर्ुपर्छ । शिक्षा र चेतनाको लहर देशभर फैलनर्ुपर्छ । रूढीवादी परम्पराका रूपमा विकसित दाइजोप्रथालाई कानुनी रूपमै हटाइनर्ुपर्छ । साथै प्रत्येक घर, परिवार र समाजबाटै बहिष्कारको अभियान आजैदेखि थालौं न † विभिन्न बहानामा महिला हिंसा र आपराधिक क्रियाकलापमा संलग्न हुनेमाथि कडाभन्दा कडा कारबाहीको व्यवस्था हनुर्ुपर्छ ।-निर्मला रेग्मीकेवलपुर- १, धादिङ,
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private