23 May, 2007

प्रेमको मूल्य !

'पे्रमिकाको हत्यापछि आत्महत्या' -७ जेठ) शीर्षक पढेपछि म कलम समाउन बाध्य भएँ । 'तिम्रा लागि ज्यान दिन्छु म त तिम्रो मनको राजा..' यो गीतको हरफमात्र नभएर प्रत्येक मायालु जोडीको यथार्थ अभिव्यक्ति हो । भन्न र सुन्न जति सहज हुन्छ व्यवहार त्यत्तिकै गाह्रो हुन्छ ।
समाज जतिजति आधुनिक बन्दैछ त्यति प्रेमको परिभाषा बदलिँदो छ । आजका युवा भावनात्मक पे्रममा भन्दा देखावटीमा विश्वास गर्छन् । तपाइँलाई कसैले 'म तिमीलाई अति माया गर्छु, तिमीबिना
बाँच्नै सक्दिन' भन्यो भन्दैमा उसले तपाइँलाई
हृदयको गहिराइदेखि चाहन्छ भनी मख्ख पर्नु हुँदैन । त्यही भएर मैले पनि उसलाई माया गर्नै पर्छ भन्ने छैन । ऊप्रतिको भावना नकेलाई सीधै अघि
बढ्नाले भविष्यमा नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ । कसैको भावनात्मक अभिव्यक्तिलाई मात्र आधार मान्नुभन्दा त्यसको व्यावहारिकता
बुझ्ने प्रयास गर्नुपर्छ । मायाको वर्तमान स्वरूपमात्र नहेरी त्यसको परिणामबारे विचार पुर्‍याउन सकियो भने त्यो प्रेमले अवश्य सफलता पाउँछ ।
आपसी प्रेमको भावनात्मक गहिराइ जति बढ्दै जान्छ त्यसलाई समान रूपमा अगाडि बढाउन त्यति कठिन हुन्छ । भनिन्छ, युद्घ र पे्रममा सबै जायज हुन्छ । जे को पनि सीमा हुनु जरुरी छ । हामी ती नीतिनियम र सीमालाई बन्धनका रूपमा लिने गर्छौं र त्यसलाई नमानी छुट्टै सोच र कार्य प्रक्रियाको विकास गर्न चाहन्छौं न अरूको भावनाको आशय बुझ्ने प्रयास गछौर्ं ।
हामी युवावर्गको एकतर्फी सोचाइ हो र यसले पे्रममा मात्र नभई जीवनका हरेक पक्षमा असर गरेको हुन्छ । त्यसैले हरेकले प्रेमको गहिराइ बुझ्नु जरुरी हुन्छ । एकअर्काको भावनालाई सम्मान गर्न सक्नुपर्छ ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हालः गैरीधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private