30 January, 2007

नारी हितमा विवाह

माघ १३ मा प्रकाशित अलका आत्रेय र तारा भट्टर्राईको लेख पढ्दा मलाई केही प्रश्न सोध्न मन लाग्यो । नारी स्वतन्त्रताको बाधक विवाह कसरी
भयो - विवाहकै कारण नेपाली महिला पछि परेका हुन् त -
विवाह पवित्र धार्मिक एवम् सामाजिक बन्धन हो । यसलाई नारीको प्रगति र स्वतन्त्रताको बाधकका रूपमा परिभाषित गरिनु हु“दैन । विवाह नारी-पुरुष दुबैका लागि चुनौती हो । हामी समाजिक प्राणी हांै । सामाजिक मूल्य र मान्यता पालना गर्नु हाम्रो कतर्व्य । यही समाजिक परम्पराको रूप हो विवाह । यसबाट उनीहरूले समाजमा इज्जतसाथ यौन क्रियाकलापको स्वीकृति पाउ“छन् भने पतिपत्नीको छुट्टै हैसियत पनि ।
संसारमा अविवाहित जीवन बिताउने कमै छन् । विवाहजस्तो पवित्र बन्धनलाई आत्महत्याको कारण बनाइनु हु“दैन । हो हामी नेपाली अन्य देशका नारीका तुलनामा महान छौं तर त्यति नै अशिक्षित र बुद्घु पनि । यही प्रगतिको बाधक हो भने त्योभन्दा ठूलो बाधक हाम्रो नकारात्मक सोचाइ र कमजोर मनस्थिति हो नकि विवाह । छोरी मान्छे हौं, छोराभन्दा कमजोर हुन्छौं भन्ने मानसिकता हामीमा सानैदेखि बसिसकेको हुन्छ । त्यसैलाई पछ्याउ“दै हामीभित्रका क्षमतालाई आफैं चिन्न सक्दैनौं । तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई घरायसी कामकाजले बढी प्रभाव पार्छ, भने सन्तानको जिम्मेवारी पनि आमामै बढी हुने गरेको छ ।
हाम्रो समाजमा पहिलेदेखि नै घरायसी कामकाज महिलाले गर्ने र बाहिरको पुरुषले हर्ेर्नुपर्छ भन्ने परम्परा छ । आजको समाजमा यो उपयुtm मानि“दैन किनभने आजका नारी पहिलेका भन्दा शिक्षित र सक्षम छन् । उनीहरूको जिम्मेवारी पनि थपिएको छ । पुरुष पनि व्यावहारिकतातिर मोडि“दै छन् । समाज परिवर्तित हु“दैछ । त्यसले नारी-पुरुषबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याएको छ । जब नारी विवाह गरी अर्काको घरमा प्रवेश गर्छिन्, उनी कसैकी पत्नी, बुहारी, भाउजू, काकी, आमा र सासू बन्न पुग्छिन् । नया“ घर, नया“ सम्बन्ध र अपरिचितस“ग घुलमिल हुनु साहस र चुनौती हो । यसरी बिवाहबाट दर्ुइ व्यtmि, परिवार, परम्परा, संस्कृति आदिको आदानप्रदान हुन्छ । यसमा नारीले माइतीपट्टकिा रीतिथिति छाड्ने र घरपट्टकिो परम्परा र चालचन अ“गाल्ले गर्छिन् । कतिपय अवस्थामा उनले आफ्ना इच्छा र आकांक्षा पनि त्याग्नर्ुपर्छ । यो स्वाभाविक हुन्छ किनभने एकका लागि सबै बदलिनुभन्दा सबैका लागि एक बदलिनु व्यावहारिक हुन्छ । यसो भनेर चुपचाप अन्याय सहनु भनेको पक्कै होइन । जबसम्म यसविरुद्घ प्रतिकार गर्ने अवस्थामा पुग्दैनौं तबसम्म हामीमाथि हुने अन्याय र अपमान कम गर्न सकि“दैन । यसका लागि नारी शिक्षा र चेतना आवश्यक छ । जब नारी चेतनशील र सक्षम हुन्छिन्, आफ्ना लागि आफैं लड्न सक्छिन् । उनलाई दया र आश्वासन आवश्यक पर्दैन । विवाह प्रगतिको बाधक पनि बन्दैन ।
पहिल्यै सक्षम भइसकेका नारी विवाहका कारण मात्र पीडित हुने सवालै उठ्दैन । नारीकै हठ र खराब चरित्रका कारण कतिपय परिवार भताभुङ्ग भएका छन् । विवाहलाई नारीको प्रगति र स्वतन्त्रताको बाधक भनेर उजागर गर्न खोज्नु वैचारिक दर्रि्रता मात्र हो ।
- निर्मला रेग्मी
केवलपुर १ धादिङ
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private