28 November, 2007

सन्तानको हितमा अभिभावक

डा।कृष्णबहादुर रानामगर र विधाता सिंहका विचारमाथि थुप्रै प्रतिक्रिया पढ्न पाइयो । कक्षा १० मा पढ्ने विधाता बहिनीले छोराछोरी ब्रि्रनुमा आमाबाबु दोषी हुन् भन्नु हाम्रो लागि गम्भीर विषय हो । यति सानो उमेरमा अग्रज अनि देशप्रतिको चिन्ता, आमाबाबुको गल्ती र युवामा आएको विकृतिलाई तार्किक ढंगले प्रस्तु गरेकामा उनलाई धन्यवाद ।डा.रानामगरको ठूलालाई अर्ती नदिनु भन्ने भनाइप्रति धरैजसोको आक्रोश पढ्न पाए“ । गहिरिएर हर्ेदा पाठकको बुझाइमा कमजोरी भेटियो । रानामगरले अर्ती र उपदेशका ठाउ“मा सरसल्लाह नदिनु भन्नुभएको भए हाम्रो बुझाइले मेल खान्थ्यो होला । अर्ती-उपदेश र सल्लाहबीच भिन्नता छ । चाहिएका बेला ठूलालाई सल्लाह दिन सकिन्छ ।मजस्तो राम्रो र जान्ने कोही छैन भन्ने भावना प्रायः किशोर र युवामा हुन्छ । हाम्रो अहं, उमेर र समयको प्रभावले यसो भएको हो । आमाबाबुको सल्लाह छोराछोरीका लागि अनावश्यक कचकच मात्र बन्छ । बाबुआमाले यसो गर, त्यसो गर भनेको र बेलाबेलामा गर्ने गाली हाम्रा लागि टाउको दुखाइको विषय बन्छ । किशोर उमेरमा सकारात्मकभन्दा नकारात्मक प्रभाव चा“डै पर्ने हु“दा, आमाबाबुले किन त्यसो भने - किन गाली गरे - कतै मबाटै कुनै गल्ती भएको हो कि - भन्ने हामी सोच्दैनौं । अशिक्षित अभिभावकलाई केही थाहा हु“दैन भन्ने सोच हामीले त्याग्नर्ुपर्छ । पढाइका अलावा भोगाइ र अनुभव पनि महत्वपर्ूण्ा हुन्छ । नपढेका अभिभावकलाई छोराछोरीले हेप्ने प्रवृत्ति देखिन्छ । उदाहरणका लागि छोराछोरी पढिरहेको कोठामा गएर आमाले यसो केही सोधिन् मात्र भने हामी झर्केर 'ह्या † तपाइ“लाई केही थाहा छैन, केही बुझ्नु हुन्न' भनेर भगाउ“छौं । चाहेको भए हामीले उहा“लाई बुझाउन सक्थ्यौं । अहिलेका छोराछोरी आमाबाबुस“ग हि“डडुल गर्न पनि लजाउ“छन् । सहरतिरका केटाकेटीमा यो प्रवृत्ति देखिन्छ । नौ महिना कोखमा राखी, अनेक दुःख कष्ट सही सन्तान जन्माउ“छिन् आमा । बाबु-आमा सारा कष्ट भुलेर सन्तानको लालन-पालन, शिक्षा-दीक्षामा जीवन समर्पित गर्छन् । दिनरात सन्तानको पिरले पोलिरहन्छ छाती । घरबाट निस्केका छोराछोरी जति ठूला किन नहुन् नर्फकन्जुलेसम्म केही भयो कि भनेर आमा बुबा पिर गरिरहन्छन् । अभिभावकले आफू नपढेका भएपनि सन्तानलाई पढाएका छन् । आधा पेट खाएर होस् या एकसरो लाएर सन्तानका इच्छा पूरा गरेकै छन् । सन्तानले सुख पाउन् भन्ने सबैको चाहना हुन्छ । हरेक कदममा छोराछोरीको उज्वल भविष्यका लागि प्रयासरत आमाबाबुमाथि आफू ब्रि्रनुको सम्पर्ूण्ा दोष कसरी लगाउन सक्छौं ? आमाबाबु र छोराछोरीबीचको साथ, उमेर अन्तर र सामयिक परिवर्तन तथा रूपान्तरणका प्रभावले दुवैको विचार आदानप्रदानमा कठिनाइ आउनु र नमिल्नु, स्वाभाविक हो । सहरकाभन्दा ग्रामीण क्षेत्रका अभिभावक कम पढेलेखेका हुन्छन् । आमाबाबु चाहे पढेलेखेका हुन् या नहुन् उनीहरू सन्तानले ब्रि्रेर दुःख पाएको हर्ेन चाह“दैनन् । विनाकारण हामीलाई कसैले गाली गर्दैन । हो, कुनै बेला असामान्य परिस्थितिका कारण आमाबाबु छोराछोरीमाथि भड्किन सक्छन् । त्यसलाई नकारात्मक रूपमा लिन हुन्न । हाम्रा, विचार, धारणा समयसापेक्ष सल्ााह, सुझाव अग्रजका लागि पनि उपयोगी हुन्छन् ।-निर्मला रेग्मीकेवलपुर-१, धादिङ, हाल ः गैरीधारा

15 November, 2007

राजधानीको तिहार

आपसी प्रेम, सद्भाव, विश्वास र सभ्यताको प्रतीक तिहार -यमपञ्चक) नेपालीको सा“स्कृतिक पहिचान हो । काग, कुकुर, गाई, गोरु र भाइ तिहार गरी ५ दिनसम्म यो पर्व यसपाला पनि मनाइयो । राजधानीमा चाड मनाउने शैलीमा परिवर्तन आएको छ । घरआ“गन सफा गरी सा“झ दियो बाल्दा लक्ष्मी प्रवेश गर्छिन् भन्ने परम्परालाई तिहारभरि गल्ली-गल्ली, टोलटोल र मुख्य सडक किनारमा थुप्रिएका फोहोरले गिज्याइरहेको थियो । आफ्नो घरमात्र सफा भए पुग्छ भन्ने राजधानीवासीको धारणाले अझ बढी दर्ुगन्धमय भयो तिहार । मनोरञ्जन गर्न पाउनु सबैको अधिकार हो तर आफूले लिएको मनोरञ्जनले तपाइ“को छरछिमेकमा कस्तो असर परेको छ - त्यो पनि विचार गर्नुपर्छ । घरै थर्कने गरी क्यासेट घन्काउने, राति २ बजेसम्म कानको जाली फुट्ने गरी पटाका पड्काएर होहल्ला गर्ने यो कस्तो परम्परा -झिलिमिली बत्तीको प्रकाशले राजधानी धपक्कै बलेको थियो । देउसी-भैलो पनि खेलियो । तर लक्ष्मीपूजाका दिन भैलो खेल्नुपर्नेमा देउसी पनि खेले युवाले । शैलीका बारेमा त के भन्नु र † पुरानो जमानाको भाका त कहा“ रह्यो र अब - केटाकेटीले भने देउसी-भैलोको परम्परालाई राम्रैस“ग निरन्तरता दिएको पाइयो ।एकछिन रमाइलोका लागि खेलिने तास र कौडामा कतिको घरखेत गयो होला, क्यासिनोमा गएर लाखौं उडाउने धन पनि हामीस“गै रहेछ तर परेका बेला आफन्तका लागि सम्म नहुने पैसा जुवा खेल्न कहा“बाट आउ“दो हो -रमाइलो गर्ने नाममा अनावश्यक भेला भएर जुवातास खेली भा“डभैलो गरी पारिवारिक कलह बढेका घटना बारम्बार आएका छन् । मदिरा खाई अनियन्त्रित तवरले देउसी-भैलोका नाममा हिन्दी र अंग्रेजी गीत गाएर कानको जाली फुट्ने गरी रातभरि मनलाग्दी पैसा माग्ने प्रवृत्ति भित्रिएको छ । साथै हुनेखानेले अनावश्यक तडकभडक गरिदि“दा नहुनेलाई मर्का परेको छ । अरूको देखासिकी गर्ने प्रवृत्तिका कारण दाजुभाइ र दिदीबहिनीबीच पनि प्रेम र सद्भावका ठाउ“मा प्रतिस्पर्धा र मनमुटाव सिर्जना भएको छ ।- निर्मला रेग्मीकेवलपुर- १, धादिङहालः गैह्रीधारा, काठमाडौं
Sign / View My Guestbook
Your name with surname **
What is your email address? **
Your webpage /Blog URL?
The Country you are from?
Your Address If you are living in Nepal (Optional)
Write your views about thit blog site **
This message is private