माघ १३ मा प्रकाशित अलका आत्रेय र तारा भट्टर्राईको लेख पढ्दा मलाई केही प्रश्न सोध्न मन लाग्यो । नारी स्वतन्त्रताको बाधक विवाह कसरी
भयो - विवाहकै कारण नेपाली महिला पछि परेका हुन् त -
विवाह पवित्र धार्मिक एवम् सामाजिक बन्धन हो । यसलाई नारीको प्रगति र स्वतन्त्रताको बाधकका रूपमा परिभाषित गरिनु हु“दैन । विवाह नारी-पुरुष दुबैका लागि चुनौती हो । हामी समाजिक प्राणी हांै । सामाजिक मूल्य र मान्यता पालना गर्नु हाम्रो कतर्व्य । यही समाजिक परम्पराको रूप हो विवाह । यसबाट उनीहरूले समाजमा इज्जतसाथ यौन क्रियाकलापको स्वीकृति पाउ“छन् भने पतिपत्नीको छुट्टै हैसियत पनि ।
संसारमा अविवाहित जीवन बिताउने कमै छन् । विवाहजस्तो पवित्र बन्धनलाई आत्महत्याको कारण बनाइनु हु“दैन । हो हामी नेपाली अन्य देशका नारीका तुलनामा महान छौं तर त्यति नै अशिक्षित र बुद्घु पनि । यही प्रगतिको बाधक हो भने त्योभन्दा ठूलो बाधक हाम्रो नकारात्मक सोचाइ र कमजोर मनस्थिति हो नकि विवाह । छोरी मान्छे हौं, छोराभन्दा कमजोर हुन्छौं भन्ने मानसिकता हामीमा सानैदेखि बसिसकेको हुन्छ । त्यसैलाई पछ्याउ“दै हामीभित्रका क्षमतालाई आफैं चिन्न सक्दैनौं । तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई घरायसी कामकाजले बढी प्रभाव पार्छ, भने सन्तानको जिम्मेवारी पनि आमामै बढी हुने गरेको छ ।
हाम्रो समाजमा पहिलेदेखि नै घरायसी कामकाज महिलाले गर्ने र बाहिरको पुरुषले हर्ेर्नुपर्छ भन्ने परम्परा छ । आजको समाजमा यो उपयुtm मानि“दैन किनभने आजका नारी पहिलेका भन्दा शिक्षित र सक्षम छन् । उनीहरूको जिम्मेवारी पनि थपिएको छ । पुरुष पनि व्यावहारिकतातिर मोडि“दै छन् । समाज परिवर्तित हु“दैछ । त्यसले नारी-पुरुषबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याएको छ । जब नारी विवाह गरी अर्काको घरमा प्रवेश गर्छिन्, उनी कसैकी पत्नी, बुहारी, भाउजू, काकी, आमा र सासू बन्न पुग्छिन् । नया“ घर, नया“ सम्बन्ध र अपरिचितस“ग घुलमिल हुनु साहस र चुनौती हो । यसरी बिवाहबाट दर्ुइ व्यtmि, परिवार, परम्परा, संस्कृति आदिको आदानप्रदान हुन्छ । यसमा नारीले माइतीपट्टकिा रीतिथिति छाड्ने र घरपट्टकिो परम्परा र चालचन अ“गाल्ले गर्छिन् । कतिपय अवस्थामा उनले आफ्ना इच्छा र आकांक्षा पनि त्याग्नर्ुपर्छ । यो स्वाभाविक हुन्छ किनभने एकका लागि सबै बदलिनुभन्दा सबैका लागि एक बदलिनु व्यावहारिक हुन्छ । यसो भनेर चुपचाप अन्याय सहनु भनेको पक्कै होइन । जबसम्म यसविरुद्घ प्रतिकार गर्ने अवस्थामा पुग्दैनौं तबसम्म हामीमाथि हुने अन्याय र अपमान कम गर्न सकि“दैन । यसका लागि नारी शिक्षा र चेतना आवश्यक छ । जब नारी चेतनशील र सक्षम हुन्छिन्, आफ्ना लागि आफैं लड्न सक्छिन् । उनलाई दया र आश्वासन आवश्यक पर्दैन । विवाह प्रगतिको बाधक पनि बन्दैन ।
पहिल्यै सक्षम भइसकेका नारी विवाहका कारण मात्र पीडित हुने सवालै उठ्दैन । नारीकै हठ र खराब चरित्रका कारण कतिपय परिवार भताभुङ्ग भएका छन् । विवाहलाई नारीको प्रगति र स्वतन्त्रताको बाधक भनेर उजागर गर्न खोज्नु वैचारिक दर्रि्रता मात्र हो ।
- निर्मला रेग्मी
केवलपुर १ धादिङ
30 January, 2007
26 October, 2006
रिमिक्स देउसी
साथीभाइ र आफन्त मिली देउसी-भैलो खेल्दै गाउँ-सहर डुल्दै नाचगान गर्नु तिहारको महत्त्वपूर्ण पक्ष हो । मादलको तालमा लय मिलाई स्वरमा स्वर मिलाई गाइन्थ्यो देउसी । यसपालि सहरमा विचित्रै देखियो- देउसी-भैलो पनि रिमिक्स भएछ । मादलको ठाउँमा ड्रमसेट र गितार बज्ो भने देउसी-भैलोका ठाउँमा काँटा लगा । यसलाई विकास भन्ने कि विनाश ?
हामी देउसी-भैलो परम्परा जोगाउन होइन, आयआर्जन गर्ने उद्देश्यले गरिरहेका छौं । अनियन्त्रित रूपमा आधा रातसम्म हिन्दी र अंगे्रजी गाना घन्काएर उत्ताउलो नाचेर मनलाग्दी पैसा माग्नु न्यायोचित हो र ? कतिपयले त दक्षिणाको रेट नै तोकेका पाइयो, ५५ सय रुपैयाँ रे । कसरी दिने यत्रो रकम ? गुन्यू-चोली र फरियामा सजिएकाले 'परदेशिया र काँटा लगा' भनेर नाच्दा कस्तो होला ? यस्तोसम्म हेर्न पाइयो यसपालि । हामी युवावर्ग परिवर्तन चाहन्छौं । परिवर्तनका नाममा कतै हामीले हामै्र रीतिरिवाजमाथि नै व्यङ्गय प्रहार त गरिरहेका छैनौं ? हाम्रा झीनामसिना, विवेकहीन क्रियाकलापले गर्दा दिनदिनै खर्चिलो, महत्त्वहीन र पीडादायी बन्दैछन्, चाडपर्व ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैह्रीधारा, काठमाडौं

06 September, 2006
सौर्न्दर्य र प्रतियोगिता
भदौ २० गते अर्पणा रायमाझीको लेख सन्देशमूलक छ । त्यसमा केही थप्न चाहन्छु । स्त्री, महिला, आइमाई, स्वास्नीमान्छे आदि नारीका पर्यायवाची शब्दका रूपमा लिइन्छ । आमा-छोरी, दिदी-बहिनी, श्रीमती, सासू-बुहारी, नन्द-भाउजू आदिले नारी रूप र सम्बन्ध जनाउ“छन् । मीठो बोली, नम्र स्वभाव र उदार मनले नारी स्वभाव प्रतिनिधित्व गर्छन् ।
नारी र सौर्न्दर्य अन्तरनिहित कुरा हुन् । सौर्न्दर्यले नारीको र नारीले सौर्न्दर्यको भाव झल्काउ“छ । सुन्दरता हेराइमा भर पर्छ । कसैलाई राम्रो लागेको कसैलाई नराम्रो लाग्न सक्छ । सुन्दरता भनेर नारीको बाहिरी आवरणलाई मात्र प्रस्तुत गर्न खौजेकी होइन । बाहिरी सुन्दरता आवश्यक छ, तर यो क्षणिक र नाशवान हुन्छ । भित्री सुन्दरता शारीरिक सुन्दरताभन्दा कैयौं गुना माथि छ । सम्यता, कोमलता, उदारता र दृढ आत्मविश्वास यी वास्तविक नारी सौर्न्दर्य हुन् । यी गुणले भरिपर्ूण्ा नारी परिवार, समाजका र राष्ट्रका असल प्रतिनिधि बन्न सक्छिन् ।
सुन्दरी प्रतियोगिताको चर्चा गर्ने हो भने कहा“, कहिले र कुन-कुन विधामा कति भइरहेका हुन्छन्, यकिन गर्न गाह्रो छ । दिनहु“ पढ्न, सुन्न पाइन्छ । १० वर्षपहिले सुरु भएको मिस नेपाल प्रतियोगिता अञ्चल, जिल्ला, जातीय र उमेरगत रूपमा पनि आएको छ । यसलाई अवसरका रूपमा पनि लिन सकिन्छ । तर एक नारीलाई मात्र अवसर प्रदान गर्दा तिनले आमनारीको प्रतिनिधित्व गर्न सक्दिनन् । उनले बाहिरी सुन्दरता प्रतिनिधित्व गर्न सक्लिन्, भित्री सुन्दरता प्रतिनिधित्व नगर्न पनि सक्छिन् । नारीको बाहिरी आवरण बढी महत्त्व दिइएको देखिन्छ । त्यसैले सुन्दरी प्रतियोगिताप्रति नकारात्मक धारणा बढेको हो ।
शारीरिक बनावटमात्र हेरिने हो भने सौर्न्दर्य प्रतियोगितामा उत्कृष्ट ठहरिएका नारीभन्दा प्रतियोगितामा सहभागी नभएका, गाउ“घर, पाखा-पखेराका दिदी-बहिनी कति राम्रा छन् । उनीहरूप्रति अन्याय भएको छ । विरोधका आवाज उठ्नु स्वाभाविक छ । किनभने नारी प्रतिनिधित्व गर्न छानिएका सुन्दरीमध्ये कति आफ्नै धुनमा मस्त छन् । कति अवसर उपयोग गर्न र खोजीमा विदेशिएका हुन्छन् । अनि हामी नारीले, समाजले र राष्ट्रले के आशा गर्ने - यसो हुनुको प्रमुख कारण प्रतियोगितामा हुने गरेका अपारदर्शिता, अपरिपक्वता, अनुसन्धान र उचित मूल्यांकनको कमीलाई लिन सकिन्छ । नारी वर्गको बाहिरी आवरणमात्र नहेरी भित्री सुन्दरताको मूल्यांकन एवम् पहिचान गरियोस् ।

08 August, 2006
बुढेसकालको सहारा
'सानो छँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर', बूढापाकाबाट पटक-पटक सुनिन्छ ।
हामीले बोल्ने पहिलो शब्द 'आमा' हो । आमाबाबुले दुःख सहेर, दिनरात नभनी, आधा पेट खाएर पनि सन्तानलाई खुसी राख्ने कोसिस गर्छन् । उनीहरूको एकमात्र इच्छा बूढेसकालको सहारा बन्ला भन्ने हुन्छ । त्यही सन्तानले सहारा बन्नु त कता हो कता, उल्टै तिरस्कार गरी शारीरिक तथा मानसिक यातना दिएका, घर छाड्न बाध्य बनाइएका र हत्यासम्म गरिएका खबर छन् । शनिबार प्रकाशित राजविराजका ६५ वषर्ीय वृद्घ दम्पतिको पीडा त नमुनामात्र हो ।
समाज जति आधुनिक बन्दैछ, हामी उति धर्म, कर्तव्य र जिम्मेवारी भुल्दै गइरहेका त छैनौं ? याद गरौं, हामीले आमाबाबुप्रति जस्तो व्यवहार गर्छाैं, भविष्यमा सन्ततिले हामीलाई त्यस्तै व्यवहार गर्नेछन् ।
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ,

28 June, 2006
झण्डा होइन, सोचमा परिवर्तन
नाम र राष्ट्रिय गान परिवर्तन तथा सालिक विस्थापनका कुरा त सुन्न र पढ्नमा आए र भए पनि । राष्ट्रिय झण्डा नै परिवर्तन गर्ने कुरा पढ्दाचाहिँ
साँच्चै पीडानुभूति भयो । अति गरे पनि अत्याचार त नगरौं न !
हाम्रो झण्डाको अर्थ तपाईं-हामीलाई थाहा छैन ? थाहा नहुनु त लाजमर्दो भयो । नीलो किनारा, रातो पृष्ठभूमि, चन्द्र र सूर्य अङ्कति भन्नेबित्तिकै त्रिकोणात्मक नेपाली झण्डा बुझिन्छ र गर्वले शिर उठ्छ । नीलो रङ्गले नदी र पवित्रता, रातोले अमर सहिदका रगतले सिञ्चित भूमि र वीरता दर्शाउँछ । त्यस्तै सूर्य शक्ति र चन्द्रमा शान्तिका प्रतीक हुन् । यसैलाई आधार मानी हाम्रा पुर्खालेे जबसम्म आकाशमा चन्द्र र सूर्य रहन्छन्, तबसम्म हाम्रो देश नेपाल रहन्छ भनी राष्ट्रिय झण्डा छनोट गरे । हामीचाहिँ झण्डाको अर्थलाई शाही र राणापरिवार र शासनसँग जोडेर यसको औचित्यमाथि प्रश्न उठाइरहेका छौं ।
प्रश्नकै लागि प्रश्न उठाउने हो भने भन्नु केही छैन । भोलि नेपालकै अर्थमा पनि प्रश्न उठ्ला र देशको नाम पनि परिवर्तन गर्ने कि नगर्ने भन्ने बकम्फुसे विवाद बढ्ला । त्यसबेला के गर्ने ? यसर्थ नाम परिवर्तन होइन, बरु हाम्रो सोचाइ र संस्कारतर्फ परिवर्तन ल्याउने जमर्को गर्ने पो हो कि ?
- निर्मला रेग्मी
केवलपुर- १, धादिङ
हाल ः गैरीधारा, काठमाडौं

01 June, 2006
आर्थिक असमानता
गत शरिबार 'सानो घर, बाह्र परिवार' शीर्षक समाचारले आश्चर्यचकित भएँ । स्तब्ध
पनि । सानो घरमा त्यति धेरै परिवारका सदस्य कसरी जीवन गुजारा गरिरहेका
होलान् ? हामी केवल कल्पनामात्र गर्न सक्छौं । वास्तविकतासँग गाँसिएको पीडा त तिनलाई मात्र थाहा हुन्छ । यो त भयो एक घरको मात्र वास्तविकता हो । यसैगरी पीडादायी जीवन गुजारा गर्ने कति छन्, यकिन गर्नै गाह्रो पर्ला ।
आलिशान भवनमा बसेर चौरासी व्यञ्जन भोजन गर्ने पनि समाजमा नभएका होइनन् । सहरमा बसेर अमेरिका र बेलायतको बखान गर्नेहरू पनि कम छैनन् । सडकमा सुतेर, अर्काको घरमा जुठा भाँडा माझेर एकछाक पेटभरि खाने सपना देख्नेहरू पनि यहीँ छन् । यही हो समानता ? लोकतान्त्रिक अभ्यासमा यी समस्या सम्बोधन हुनुपर्छ ।
विडम्बना, यहाँ गरिबका व्यथा बुझेर त्यसबारे सोच्नेसम्म मानिस भेट्टाउन गाह्रो पर्ला । विकट हिमाली जिल्लाहरू जस्तै हुम्ला, जुम्लाका मानिस अझ कष्टकर जीवन बिताउन बाध्य छन् । जबसम्म नेपली-नेपालीबीच आर्थिक/सामाजिक खाडल रहन्छ, जनताको जीवनस्तर माथि उठ्न सक्दैन ।
पिछडिएका तथा अति विकट वर्गका लागि भानेर विभिन्न्ा कार्यक्रम नआएका पनि होइनन्, तर ती बीचमै हराउँछन् ।

Subscribe to:
Posts (Atom)